१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ को प्रदेश सभा बैठक बस्दै, विशेष समयमा मुख्यमन्त्री राई बोल्ने



अ+ अ-

मोरङ । आज प्रदेश १ को प्रदेश सभा बैठक बस्दैछ । बैठकामा मुख्यमन्त्री शेरधन राईले विशेष समय लिएर बोल्ने बताईएको छ। तर सत्तारुढ दल माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोका अनुसार सहमति कायम नगरेसम्म सरकार प्रमुखलाई सदनमा अबरोध कायमै रहनेछ।

विशेष समयमा मुख्यमन्त्री राईलाई बोल्न नदिए प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारी तयारी छ । उता प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्की पनि सदन अवरोध गर्दै आएका दलहरूसँग सहमति नगरेसम्म मुख्यमन्त्री राईलाई प्रदेशसभा बैठकमा बोल्न नदिने अडानमा छन् । 

आज मुख्यमन्त्री राईलाई विशेष समयमा बोल्न नदिए त्यसपछि सरकारले निर्णय लिने बताईएको छ ।