२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गर्‍यो न सुधार आयो: पूर्वराजा ज्ञानेन्द्र शाह



अ+ अ-

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले डेढ दशकयता नेपालीमा उत्साह नभएको जनाउनु भएको छ ।

विजयादशमीका अवसरमा देश र विदेशमा रहेका नेपालीलाई शुक्रबार शुभकामना दिँदै पूर्वराजा शाहले लोकहित र अग्रगतिको नाममा आएको परिवर्तनले देश झन् खराबीतिर गएको भन्ने आमगुनासो रहेको बताउनु भएको छ ।

संवाद सचिवालयद्वारा जारी विज्ञप्तिमा पूर्वराजा शाहले भन्नुभएको छ ‘महँगी, रोग, शोक, र भोकको ताप छ। हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हतासमा छन्। हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ। लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गर्‍यो न सुधार आयो। हाम्रो देश झन् झन खराबीतिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, सहर, लेक, बेंसी, कुना, कन्दरा सबैतिर सुनिन्छ।’

उहाँले कसैले कसैप्रति निषेध र निन्दा नगर्ने, सबैले सबैको आस्थाउपर उदारभाव राख्न प्रयत्न हुनैपर्ने उल्लेख गर्दै सद्भाव बिनाको राष्ट्रको परिकल्पनासमेत गर्न नसकिने पनि बताउनु भएको छ ।

उहाँले हामी सबै स्वतन्त्र र सार्वभौम राष्ट्रका होनहार सन्तति भएको उल्लेख गर्दै दसैँले हामीलाई सही र सत्य देवी शक्तिको सम्बर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताउनु भएको छ । सबै नेपाली भएको र यो साझा फूलबारीको माली बनेर यो सुन्दर बगैँचाको संरक्षण गर्नु नेपालीको दायित्व रहेको उहाँले जनाउनु भएको छ ।

पूर्वराजा शाहले नवदुर्गा भवानीले राष्ट्र र राष्ट्रवासीको हित चिन्तन गर्ने सद्बुद्धि प्रदान गरुन् भन्ने कामना पनि गर्नुभएको छ ।