२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारिवारिक र सामाजिकरूपमा टाढिएको सम्बन्धलाई दसैँले नजिक ल्याउँछः ओली



अ+ अ-

झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ नेपालीको ‘साझा चाड’ र ‘समृद्ध नेपाल र सुखी नेपाली’ को साझा आकांक्षा भएको बताउनुभएको छ ।

बडादसैँ, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वको अवसरमा आज गृहजिल्ला झापाको विर्तामोडमा आयोजित कार्यक्रममा उहाँले दसैँको सांस्कृतिक महत्त्वमाथि चर्चा गर्दै सबै नेपालीले दसैँलाई उल्लासपूर्वक मनाउने गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले विविधतायुक्त नेपाली समाजमा दसैंले आपसी सद्भाव, सहकार्य र सहिष्णुताको सकारात्मक सन्देश प्रवाहित गर्न सफल रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामनासमेत गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले जमरा र अक्षता लगाउने चलनले दसैँलाई विशिष्ट पहिचान दिलाएको उल्लेख गर्दै पारिवारिक र सामाजिकरूपमा टाढिएको सम्बन्धलाई पनि दसैँको टीका र आर्शिवाद ग्रहण गर्ने परम्पराले फेरि नजिक ल्याइदिने बताउनुभयो ।