६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

‘भगवान कृष्ण साथमा थिए, तर पनि पाण्डवहरूले दुःख भोगे’

‘भगवान कृष्ण साथमा थिए, तर पनि पाण्डवहरूले दुःख भोगे’
अ+ अ-

एजेन्सी । दुःख सबैको जीवनमा आउँछ र जान्छ । दुःखको समयमा सन्त–मुनीहरुले भक्ति गर्न सल्लाह दिन्छन् । भक्ति गर्नुको अर्थ यो होइन कि जीवनमा दुःख आउँदैन, दुःख आउने हो भने आउँछ, तर भक्ति गरेमा ती दुःखसँग लड्ने साहस रहिरहन्छ ।

भक्तिले हाम्रो बुद्धि सकारात्मक रहन्छ, कठिन समयमा पनि मन प्रसन्न रहन्छ । यो कुरा पाण्डवहरूको जीवनबाट बुझ्न सकिन्छ ।

महाभारत युद्ध पछिको कथा हो । पाण्डवहरूले कौरवहरूलाई पराजित गरे र युधिष्ठिर राजा भए । त्यसबेला भीष्म पितामह बाणको शैय्यामा सुतिरहेका थिए र सूर्योदयको प्रतीक्षा गरिरहेका थि ए। भीष्मको सम्पूर्ण शरीर बाणले ढाकिएको थियो ।

एक दिन श्रीकृष्ण पाण्डवहरूसँग भीष्मलाई भेट्न आए । श्रीकृष्णले भीष्मलाई भने कि पाण्डवहरूलाई राजधर्मको ज्ञान दिनुहोस्, ताकि तिनीहरूले आफ्नो राज–पाठ राम्ररी चलाउन सकून् ।

कुरा गर्दागर्दै पाण्डवहरूले भीष्म पितामहको आँखामा आँसु आएको देखे । भीष्म पितामह जस्ता महान् योद्धालाई पनि मृत्युसँग डर लागेको देखेर पाण्डवहरू अचम्ममा परे, जसका कारण उनको आँखाबाट आँसु आयो । जबकि उनले इच्छामृत्युको वरदान पाएका थिए ।

पाण्डवहरूको मन बुझेर श्रीकृष्णले भीष्म पितामहलाई सोधे कि तपाईको आँखामा आँसु किन आउँछ ?

श्रीकृष्णको प्रश्न सुनेपछि भीष्मले भने– तपाईलाई सबै थाहा छ, म पाण्डवहरूलाई पनि भनिदिन्छु । पाण्डवहरूलाई देखेर मेरो आँखाबाट आँसु आयो । श्रीकृष्ण स्वयम् पाण्डवहरूका साथमा हुनुहुन्छ । तैपनि उनीहरुको जीवनमा दुःख आइरह्यो । पाण्डवहरूको जीवनमा हरेक पाइलामा कठिनाइहरू थिए । यी देखेर मैले बुझें कि भगवान साथमै भए पनि हाम्रो जीवनमा दुःख आउँदैन भन्ने होइन । दुःख त आउँछन्, तर भगवानको सहयोगले हामी पूर्ण साहसका साथ दुःखको सामना गर्न सक्षम छौं । भक्ति गर्यौं भने भगवानले दुःखसँग लड्ने हिम्मत दिनुहुनेछ ।

भीष्म पितामहको पाठ
यस कथामा भीष्मले सन्देश दिएका छन् कि जो भगवानको कृपाले जीवनमा दुःख आउँदैन भन्ने सोचेर पूजा गर्छन् भने यो सोच गलत हो । पाण्डवहरूको जीवनमा भगवान् कृष्ण स्वयम् हुनुहुन्थ्यो, तैपनि तिनीहरूको जीवनमा दुःखहरू थिए । भक्ति गर्यौ भने भगवानको कृपाले दुःख हटाउने हिम्मत आउँछ । विचार सकारात्मक रहनेछ र खुशी रहनेछ ।