६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्छः महामन्त्री थापा

कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्छः महामन्त्री थापा
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार नेपाल प्रेस युनियन काठमाडौंले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कुनै एउटा पार्टीको मात्रै सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने बताउनुभएको हो । उहाँले समय निश्चित गरेर एउटा पार्टीलाई मात्रै सरकार चलाउन दिनुपर्ने बताउनु भयो । उहाँले सत्तारुढ गठबन्धनका नेताहरुले राष्ट्रिय सहमतिको सरकार गठनको कुरा गरिरहेको उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकार आवश्यक नरहेको बताउनुभएको हो ।

उहाँले राष्ट्रिय सहमतिको सरकार बनाउँदा झन धेरै भागबण्डा गर्नुपर्ने अवस्था आउने बताउनु भयो । उहाँले कुनै एक पार्टीलाई मात्र सरकार चलाउन नदिने हो भने सरकार यस्तै अस्तव्यस्त भइरहेको उल्लेख गर्नुभयो । उहाँले अहिलेको सरकारको कुनै प्राथमिकता नभएको बताउनु भयो । महामन्त्री थापाले निर्वाचन पूर्व काँग्रेसले कुनैपनि गठबन्धन नगर्ने स्पष्ट पार्नुभयो । उहाँले आगामी निर्वाचनमा काँग्रेस गठबन्धन गरेर गएमा काँग्रेस पार्टी एक नरहने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘०८४ सालमा हामी चुनावमा जाँदै गर्दाखेरी हामी गठबन्धनमा जाँदै जाँदैनौँ । कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर जान्छु भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुराको कल्पना नगरे हुन्छ । क्लियर कुरा गरेको छ । यसमा कहीँ अलमल छैन । हामी एक्लै जान्छौँ । अहिले प्रधानमन्त्रीले के भन्नुहुन्छ बेला बेलामा राम्रो जति मेरो, नराम्रो जति कांग्रेसको । आर्थिक संकट भयो काँग्रेसको मन्त्री छ गर्नै सकेन । भ्रष्टाचारको बारेमा मैले त राम्रो काम गर्न खोजेको थिएँ, तर फलानोले, मन्त्रीहरुले समाचार लेखाइरहेका छन् बेलाबेलामा । मैले त असाध्यै राम्रो काम गर्न खोजेको थिएँ तर कांग्रेसको कारणले गर्दा दिएन । गठबन्धनको सरकार बाध्यता छ । मैले जनार्दनजीले भनेको कुरा सुनेको छु, एकदम गलत भयो राष्ट्रिय सहमतिको सरकार बनाऔँ । भागबण्डा हुँदैन । राष्ट्रिय सहमतिको भनेको झन बढी भागबण्डा हुन्छ । झन बढीको बिचमा सबैलाई टुक्रा टुक्रा दिनुप¥यो । त्यसैले निर्वाचन अगाडी गठबन्धन नगर्ने । उत्तम बाटो भनेको जसले चलाउने हो, जसको नेतृत्वमा चलाउने हो निश्चित समय उसलाई एक्लै चलाउन दिने ।

कांग्रेसले जति समय चलाउँछ, एक, दुई वर्ष जति हामीले पाउँछौँ हामी जोसँग मिलेर गर्छौ । जुन कालखण्ड चलाउँछौँ एक्लै हामी चलाउनुपर्छ । २५ जना मन्त्री काँग्रेसको राखेर चलाउनुपर्छ । र त्यतिबेलाको एक एक हिसाव काँग्रेस दिन तयार हुनुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक, प्रेसमा के ग¥यो ? प्रत्येक कुराको हिसाब दिन तयार हुनुपर्छ । अहिले माओवादीले एक, एक कुराको हिसाव दिन तयार हुनुपर्छ । माथिदेखि तलसम्म यो स्थिति बन्यो भने मात्रै यसले एउटा खालको स्थिति बनाउँछ । हैन भनेदेखि भने अहिलेको जस्तै ल¥याङलुरुङ कुनै फोकस छैन । यो सरकारको फोकस के हो मलाई थाहा छैन ।’

उहाँले निर्वाचन पूर्व गरिने गठबन्धनले लोकतान्त्रिक संस्कृतिलाई विकृत बनाउने बताउनु भयो । उहाँले निर्वाचन पूर्वको गठबन्धन सैद्धान्तिक रुपमा गलत रहेको उल्लेख गर्दै काँग्रेसका आगामी महासमिति बैठक निर्वाचन पूर्वको गठबन्धनको विपक्षमा उभिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालमा निर्वाचन भन्दा अगाडी गर्ने गठबन्धनले प्रकारान्तरमा त्यसले हाम्रो लोकतान्त्रिक संस्कृतिलाई यति विकृत बनाउँछ, जसको कारणले गर्दाखेरी हाम्रो लोकतन्त्रले जुन चरित्र, जुन विशेषता बोक्नुपर्ने हो, त्यो बोक्नै सक्दैन । यसले तल जरासम्म पु¥याउँछ । त्यसकारणले गर्दाखेरी निर्वाचन भन्दा अगाडी गठबन्धन गर्ने कुरा सैद्धान्तिक हिसाबले गलत छ । जुनकुरा सैद्धान्तिक हिसाबले गलत हुन्छ, त्यो कुरा कुनैपनि रणनीति बनाएर त्यसको सेवा गर्न पाइदैन । प्रष्ट हुनुपर्छ । यो महासमितिको बैठकले यसलाई टुंगो लगाउनुपर्छ । यो महासमितिको बैठकबाट नेपाली कांग्रेस पार्टी प्रष्ट उभिनुपर्छ, यो सैद्धान्तिक हिसावले गलत भएको हुँदाखेरी अब कांग्रेसले गलत सिद्धान्तलाई बोकेर हिड्नु हुँदैन भन्ने ठाउँमा हामी पुग्नुपर्छ ।’

महामन्त्री थापाले वर्तमान सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाएमा नेपाली काँग्रेसले नमान्ने बताउनु भयो । उहाँले काँग्रेसले फागुन १ गतेलाई कुनैपनि दिवसको रुपमा स्वीकार नगर्ने प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘यो सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउँछु भनेर बिदा दिन्छु भनेर भन्यो भने के नेपाली कांग्रेस पार्टी यसलाई हामी गठबन्धनमा छौँ त्यसकारणले गर्दा हामी यसलाई मान्छौँ भनेर यसलाई स्वीकार गर्नसक्छौँ ? सक्दैनौँ । किनभने यो हाम्रो सैद्धान्तिक विषय हुन्छ । हामी फागुन १ गतेलाई दिवसको रुपमा मान्दैनौँ ।’

महामन्त्री थापाले नेपाली काँग्रेसलाई रुपान्तरण गर्नुपर्ने भन्दै यसको निम्ति सबै पार्टी कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताउनु भयो ।