६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

छातीमा जमरा उमार्दै सापकोटा

छातीमा जमरा उमार्दै सापकोटा
अ+ अ-

झापा । दसैंका बेला घरघरमा दुर्गा भवानीको पूजासँगै जमरा उमार्ने चलन छ । ती जमरा मान्यजनका हातबाट टीकासँगै ग्रहण गर्ने परम्परा छ । तर, दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित एक मन्दिर परिसरमा ५१ वर्षीय प्रह्लाद सापकोटाले छातीमा दसैँको जमरा उमार्नुभएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले व्रतमा बसेको दुई दिनपछि जमरा उम्रिएको बताउनुभयो । मन्दिरमा दैनिक पूजापाठ हुने गरेको र छातीमा उम्रिएको जमरा हेर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ । गाउँपालिकाकी उपप्रमुख पुजन न्यौपानेका अनुसार स्थानीय पाथीभरा मन्दिरमा घटस्थापनाका दिनदेखि निराहार व्रत बस्नुभएका सापकोटाले दसैँमा टीका लगाउनका लागि छातीमा जमरा उमार्नुभएको हो ।

गत असोज २८ गते बिहान पूजापाठ गरेर सापकोटा मन्दिर परिसरमा सुत्नुभएको हो । जमरा रोप्नुभन्दा दुई दिनअघिदेखि पानी र अन्नसमेत नखाई निराहार व्रतमा रहनुभएका उहाँले दुर्गा भगवतीको प्रसादको रुपमा जमरा प्रयोग गरिने बताउनुभयो । छातीमा बालुवामाथि टपरामा जमरा उमार्न मकै, जौँलगायतका अन्नका दाना रोपिएको थियो ।

यसरी जमरा उमार्दा कुनै शारीरिक कस्ट नभएको सापकोटाले बताउनुभयो । उहाँले व्रतका बेला मलमूत्रसमेत त्याग गर्नुभएको छैन । सापकोटाले आफूलाई पाथीभरा भगवतीको भक्त ‘माता गुरु’ बताउने गर्नुभएको छ । उहाँका छ सेवकले मन्दिर क्षेत्रमा आउने भक्तजनको व्यवस्थापन गरिरहेका छन् ।

स्थानीय तारा गिरीले जीवनमै पहिलोपल्ट छातीमा जमरा उमारेर निराहार व्रत बसेको देख्दा अचम्म लागेको बताउनुभयो । महानवमीका दिन एक लाख दीप प्रज्ज्वलन गरेर व्रत समापन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । दसैँको महानवमीका दिनसम्म दुर्गा भवानीको विधिपूर्वक पूजा गरेर छातीमा राखिएको मकै र जौँको जमरालाई प्रसादका रुपमा सर्वसाधारणलाई दिइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताउनुभयो । रासस