१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

हमासको आतंक र इजरायलको बर्बरता विरुद्ध काठमाण्डौमा प्रदर्शन

हमासको आतंक र इजरायलको बर्बरता विरुद्ध काठमाण्डौमा प्रदर्शन
अ अ+ अ-

काठमाडाै‌ । आतंकवाद र युद्ध विरुद्ध मानव अधिकार तथा शान्ति समाजले अभियान प्रारम्भ गरेको छ ।

यस क्रममा ७ अक्टोवर २०२३ का दिन हमासद्वारा इजरायलमाथि भएको आतंकवादी हमलाका दौरान हमासद्वारा बन्धक बनाइएका विपिन जोशीसहित सबै बन्धकहरुको शिघ्र विना सर्त रिहाइको माग गर्दै २०८० कार्तिक १ गते साँझ काठमाण्डौको बौद्ध स्तुप अगाडि शान्ति समाजको आयोजनामा आधा घण्टा प्रदर्शन भएको छ ।

प्रदर्शनमा शान्तिवादीहरुले “हाम्रा प्रिय विपिन जोशी कहाँ छन्?” भन्दै जोशीसहित बन्धक बनाइएका सबैको रिहाइको माग गर्दै प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा हमासको आतंकवादलाई बोक्ने र प्रायोजन गर्ने काम बन्द गर्न र इजरायलले गरेको मानवता विरुद्धको अपराधमा मतियार बन्ने काम बन्द गर्न अन्तर्राष्ट्रिय समुदाय लगायत विभिन्न देशहरुलाई आह्वान गरिएको थियो ।

प्रदर्शनमा हमासको आतंक र इजरायलकोबर्बरताका कारण मानवता पराजित हुँदैछ, हमासको आतंकवाद र इजरायलको उद्दण्डताः विश्व शान्तिका लागि खतरा, STOP TERRORISM, STAND STRONG AGAINST TERRORISM, RESPECT INTERNATIONAL HUMANITARIAN LAW, ISRAEL : STOP CRIME AGAINST HUMANITY, STOP WAR : PROMOTE PEACE लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्य नम्रता खरेल, दिवाकर पुडासैनी, अधिकारकर्मीहरु बटुकृष्ण ढुंगेल, जगन्नाथ पुडासैनी, उद्धव रायमाझी, ईश्वर पुडासैनी, नानीकाजी गिरी, सानु लामा, रिता अधिकारी, जयराम पुडासैनी, मणिराम दाहाल, सुन्दर पुडासैनी, बुद्धराज रिसालसहित तीन दर्जन बढीको सहभागिता थियो ।