• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

यी ६ राशि भएका मानिस झुट बोल्न माहिर हुन्छन् !



एजेन्सी । प्रत्येक व्यक्तिको व्यक्तित्वमाथि उसको राशिको धेरै प्रभाव परेको हुन्छ । यसैका आधारमा व्यक्तिको स्वभाव पनि निर्भर हुन्छ । आज हामी तपाइँलाई यस्ता ६ राशिका बारेमा जानकारी दिँदैछौँ जो झुठो बोल्न सबैभन्दा माहिर हुन्छन् ।

वृष राशिका मानिसहरु आफ्नो कुरामा अरुलाई विश्वास दिलाउन झुटको सहारा लिन्छन् । उनीहरु यति विश्वस्त भएर झुट बोल्छन् की सुन्ने मानिसलाई सत्य लाग्छ । उनीहरुको कुरामा कुनै शंका समेत हुँदैन । जसका कारण वृष राशी भएका मानिस आफ्नो लक्ष्यमा सफल हुन्छन् । यस्ता व्यक्ति आफ्नो उद्देश्य पूरा गर्न झुटको सहारा लिन्छन् र सफल पनि हुन्छन् ।

मिथुन राशिका मानिसहरु निकै चकचके हुन्छन् । उनीहरु अरुका छेउमा आफूलाई सही सावित गर्न झुटको साहारा लिन्छन् । यिनीहरुमा शब्दै पिच्छे झुठ बोल्ने बानी हुन्छ । उनीहरुको स्वाभावका कारण धेरै मानिसले मिथुन राशीका मानिसलाई मन पराउँदैनन् । मिथुन राशि भएका मानिस मुडी पनि हुन्छन् ।

सिंह राशि भएका मानिस अन्य मासिनको आकषर्णको केन्द्र बन्न चाहन्छन् । त्यही कारण उनीहरु झुट बोल्छन् । उनीहरु यति चाँडो झुट बोल्छन् की सुन्ने मानिसलाई सत्य नै लाग्छ । यिनीहरु निकै होशियारी पूर्वक झुट बोल्छन् । सिंह राशी भएका मानिस अरुमाथि हैकम जमाउनलाई बढाइ चढाइ गरेर झुट बोल्छन् । उनीहरुलाई यसरी झुट बोल्दा आफ्नो इज्जत बढेको भान हुन्छ । सिंह राशिमा मानिसलाई आफ्नो भनाइमा अरुलाई सहमत गराउने इच्छा हुन्छ त्यही भएर यिनीहरु आफ्नो कुरा दृढतापूर्वक राख्न सक्छन् ।

तुला राशि भएका मानिस पनि झुट बोल्न माहिर हुन्छन् । किनभने उनीहरु कुटनीतिक स्वभावका हुन्छन् । यिनीहरु आफू अप्ठेरो परिस्थितिमा फसे भने जुन हदसम्म पनि झुट बोल्न पछि पर्दैनन् ।

वृश्चिक राशिका मासिनहरुलाई झुट बोल्नु बच्चाको खेलजस्तै हो । यिनीहरु यति होशियारी पूर्वक झुट बोल्छन् की उनीहरुको कुरामा शंका गर्ने ठाउँ नै हुँदैन । यिनीहरु आफ्नो फाइदाकालागि आफ्ना शत्रुलाई पनि गला मिलाउँछन् ।

कुम्भ राशिका मानिस जिस्किने स्वभावका हुन्छन् । त्यही भएर यिनीहरु मजाक गर्दै झुट बोलिरहेका हुन्छन् । यिनीहरु यस्तो कहानी बनाएर कुरा गर्छन जसलाई अन्य मानिसहरुले सजिलै विश्वास गर्छन् । तर कुम्भ राशि भएका मानिसहरु धेरै स्वार्थी हुन्छन् । यिनीहरु आफ्नो फाइदाकालागि कसैको पनि भरोसा तोड्न पछि पर्दैनन् ।