१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

५५ बर्षपछि यो साल पचली भैरवमा य:सिं ठडयाइयो

५५ बर्षपछि यो साल पचली भैरवमा य:सिं ठडयाइयो
अ अ+ अ-

काठमाडौँ । यस बर्ष पचली भैरव जात्राका लागि य:सिं ठड्याइएको छ । जात्रामा यो क्रियाकलाप करिब ५५ बर्षदेखि रोकिएको थियो । यसबर्ष रञ्जितकार समाजका युवाहरुको संस्कृति बचाउने जागरुकतासँगै बुधबार विहान य:सिं ठड्याइएको हो । नेपाल मण्डलमा य:सिं (लिङ्गो) उठाएर जात्राका क्रियाकलाप सुरु गर्ने, ढालेर अन्त्य गर्ने चलन छ ।

य:सिं ठड्याएसँगै पचली भैरव (तेप आजु) जात्रा विधिवत सुरु भएको मानिन्छ । पचली भैरव काठमाडौँ महानगरपालिकाको वडा नं. १२ छ । यस्तै जात्रा सञ्चालन गर्ने गुठियारहरु वडा नं। २० मा छन् । यस नाताले महानगरपालिकाको केन्द्र (सम्पदा तथा पर्यटन विभाग) सँगै सम्बन्धित वडाहरुले जात्रा सञ्चालन व्यवस्थापनमा सहयोग गर्ने गरेका छन् ।

‘जात्राको निरन्तरताका लागि यसका हरेक पक्ष जोगाउनु हाम्रो दायित्व हो । यसमा व्यक्ति, समुदाय र सांस्कृतिक क्रियाकलाप पर्छन् ।’ जात्रा सञ्चालनमा महानगरपालिकाको धारणा राख्दै प्रवक्ता नविन मानन्धर भन्नुहुन्छ, ‘परम्परा संरक्षण गरेर नियमित सञ्चालन गर्न, पर्यटन व्यवस्थापनसँग जोडेर राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा प्रवर्धनमा हामीले ध्यान दिएका छौँ ।’

पर्वमा रहर र आदरका साथ पूजाआजा गर्ने परम्परालाई निरन्तरता दिनका लागि वडा १२ ले विशेष प्रयत्न गरेको छ । जात्रा व्यवस्थापन समितिका अध्यक्ष रहनुभएका वडा १२ का अध्यक्ष बालकृष्ण महर्जनले भन्नुभयो, ‘जात्रामा १९ बर्षसम्म रुद्रविनायकको सहभागिता थिएन । २०७१ सालमा समिति गठन गरेर पुन: आगमन गराइएको हो । यस बर्षदेखि य: सिं ठड्याउने चलनलाई पुन:स्थापना गरेका छौँ । जात्राका अङ्ग छुटाउँदै होइन, जोड्दै लैजानुपर्छ ।’

पचली भैरव क्षेत्र विकास समितिका महासचिव सन्तकुमार महर्जनकाअनुसार यो पर्व किराँतकाल अघिदेखि नै राज्य र शक्तिसँग सम्बन्धित जात्रा हो । ‘राजा गुणकामदेवले दक्षिण कोलियोग्रामका क्षेत्रपालका रुपमा पचली भैरवको स्थापना गरेका हुन् । यो जात्रा राजासँग खड्ग साट्ने परम्परासँग जोडिएको छ ।

पचली भैरव शक्ति पीठ हो । राजाहरुलाई शासन चलाउन आवश्यक पर्ने शक्ति यस पीठबाट प्राप्त हुन्छ भन्ने मान्यता छ । यस ठाउँमा आएर नेपाली सेनाले पनि शक्ति पूजा गर्ने गरेको छ । काठमाडौँमा मनाइने २६ वटा जात्रा र पर्वमा गुर्जुको पल्टन लैजाने गरिएको छ । यसमध्ये पचली भैरवको जात्रा पनि एक हो ।

जात्रामा हुने क्रियाकलाप

बुधबार (साँझ ५ बजेपछि) कोहिटी मल्लचोकवाट पचली त्यप:द्य: बाजागाजा लावालस्कर सहित पचली मन्दिरमा ल्याएर विराजमान गराइएको छ ।

गुठीयारहरुको परम्परागत विधिबाट हुने पूजा अर्चनापछि नाय्पाचोबाट सांस्कृतिक बाजागाजासहित क्वहिति लगिन्छ । क्वहितिमा थकु जुजुको पूजाआजा गरी थकु जुजुको घर भीमसेन स्थान लगिनेछ ।

भीमसेन स्थानमा थकु जुजुको घरमा पचली भैरवलाई आफ्नै आसनमा राखेपछि परम्परागत विधिबाट आचाजुलाई पूजा गराइन्छ । यो पूजा सकिएपछि भीमसेनस्थान, क्वहिति, जैसीदेवल, ह्युमत, ओन्दे, मुस्किला ९मुस्का० गणेश, टेकु हुँदै पचली भैरव पुर्‍याइन्छ ।

त्यसपछि पचली भैरवमा होम हुन्छ । यो विधि सकिएपछि सांस्कृतिक गथु बाजाको तालमा च्यागु खल, श्री पचली भैरव पुजारी र गुठीयारका थाकुलि तथा थाकुलि खलक मिलेर घ्याम्पो भर्ने काम गरिन्छ ।

ता:काय्गुलाई जात्रामा लैजान मिल्ने बनाउन कसकास गरिन्छ । यसैदिन द्योसिँको पूजा, रुद्रविनायकलाई आसनमा राख्ने कर्म हुनेछ । त्यसपछि निराहार बसेको मानवरुपी अजिमालाई घ्वा:यागु गरिन्छ । त्यसपछि सबै पुजारी, गुरुजुको पल्टन मिलेर जात्रा सुरु गर्छन् ।

यो जात्रामा जीवित देवी कुमारीको शक्ति बढाउन आँखा जुधाउने चलन छ । व्रह्मटोलमा रहेको श्वेतभैरवको दर्शन गरिन्छ । जात्राका १२ बर्ष १२ जना साथीकोमा जाने परम्परा छ । यसअनुसार यस बर्ष पचलीको नयाँ द्य:पाला दलाक्षी घरमा विराजमान गरेपछि यस बर्षको जात्रा सकिन्छ ।

महानगरपालिकाको सम्पदा महाशाखा प्रमुख श्रृजृ प्रधानकाअनुसार रुद्रविनायक ९मुक्ता गणेद्य:० को सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकाले ४ लाख रुपैयाँ प्रदान गरेको छ ।