• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको औपचारिक भ्रमण गर्नुहुँदै ★   सडक बनेको १८ वर्षपछि स्तरोन्नति ★   सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई सभामुखको रूलिङ ★   कांग्रेसका नेताहरूमाथि गृहमन्त्रीले लगाएको आरोपमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ: कांग्रेस ★   म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा ★   पृथ्वीराजमार्गमा सवारी दुर्घटना: घाइते २० मध्ये पाँचजना गम्भीर ★   रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा ★   अफगानिस्तान टी–२० विश्वकपको सुपर–८ मा प्रवेश ★   गृहमन्त्री रविका सय दिन : के गरे ? के गर्न सकेनन् ? ★   ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु, दुई घाइते

पर्वमा उपहार होईन ऐजेण्डामा ऐक्यवद्धता जनाउन रविको आग्रह



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई पर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार प्रदान भन्दा पार्टीले उठाएको ऐजेण्डामा ऐक्यवद्धता जनाउन अनुरोध गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उपहार स्वीकार नगर्ने नीति लिएको जानकारी गराउदै उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ- पूर्वसूचना बेगर पार्टी र नेता विशेषको नाममा केन्द्रीय कार्यालय, वनस्थलीमा उपहार पठाउने क्रम सुरु भएकाले पार्टीको नीति सार्वजनिक जानकारीका लागि अवगत गराएको हुँ।

उहाँले लेख्नु भएको छ-

पर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार अदान(प्रदान गर्ने सर्वव्यापी चलन छ। जुन हार्दिक सम्बन्ध निरन्तरताको कामनासँग जोडिन्छ। व्यक्तिको भावनात्मक पक्षसँग जोडिएको यो चलन अत्यन्तै सकारात्मक हुँदा(हुँदै पनि राष्ट्रिय स्वतन्त्र पार्टीले भने उपहार स्वीकार नगर्ने नीति लिएको छ। पूर्वसूचना बेगर पार्टी र नेता विशेषको नाममा केन्द्रीय कार्यालय, वनस्थलीमा उपहार पठाउने क्रम सुरु भएकाले पार्टीको नीति सार्वजनिक जानकारीका लागि अवगत गराएको हुँ। मेरा लागि पनि प्रत्यक्ष वा अप्रत्यक्ष ९कोहीरकसैमार्फत० उपहार पठाउने कष्ट नगर्न अनुरोध छ। जुनसुकै व्यक्ति वा संस्थासँग पार्टीको सम्बन्ध उपहारको आकर्षणले भन्दा ऐजेण्डाप्रतिको ऐक्यवद्धताले निर्धारण गर्ने भएकाले यो नीतिलाई सकारात्मक सुरुआतको रुपमा ग्रहण गरिदिनुहुन सम्वद्ध सबैमा आग्रह गर्दछु।
धन्यवाद।