१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टि२० आई सिरिज: नेपालले आज हङकङसँग खेल्दै



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टि२० आई सिरिजमा घरेलु टोली नेपालले आज हङकङसँग खेल्दैछ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनलागेको खेल दिउँसो ११ बजेबाट सुरु हुनेछ ।

आज नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो ।

हिजो युएईलाई हराउन दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले ९३ रनको साझेदारी गरेका थिए । यस्तै, तीव्र गतिका बलर करण केसीले ३ र गुलशन झाले २ विकेट लिएका थिए।

नेपालको टोली:

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जि.सी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम ढकाल ।

हङकङको टोली:

निजाकत खान(कप्तान), अदित गोरावारा, अजिज खान, आयुश शुक्ला, अंशुमन रथ, बाबर हायत, एहसान खान, मोहम्मद गजानफार, हरुन अर्शद, नसरुल्लाह राना, मार्टिन कोट्जी, राग कपुर, स्कट म्याकेन्जी, यासिम मुर्तजा, जिशान अली ।