१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

इजिप्टको बाटो गाजामा जाने सहायतालाई नरोकिने: इजरायल

इजिप्टको बाटो गाजामा जाने सहायतालाई नरोकिने: इजरायल
अ अ+ अ-

इजरायलले इजिप्ट हुँदै गाजामा सहायता प्रवेश गर्न दिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जानकारी गराएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार अवरुद्ध प्यालेस्टिनी इलाकामा ‘खाद्यान्न, पानी र औषधि’ मात्र प्रवेश गर्न दिइने छ ।

“अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई ध्यानमा राख्दै इजरायलले इजिप्टमार्फत मानवीय सहायता आपूर्तिमा अवरोध गर्ने छैन,” प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भनेको छ ।

वक्तव्यमा भनिएको छ, “गाजामा शासन गर्ने हमाससम्म सहायता सामग्रीहरू नपुग्ने शर्तमा दक्षिणी गाजा पट्टीका नागरिकहरूलाई सहायता प्रदान गर्न अनुमति दिइनेछ ।”

अमेरिकी राष्ट्रपति बाइडेनले सेप्टेम्बर ११ पछि अमेरिकाले गल्ती गरेको सन्दर्भ प्रस्तुत गर्दै इजरायललाई अहिलेसम्मकै सबैभन्दा घातक आक्रमणपछि क्रोधमा नआउन सुझाब दिनुभएको हो ।

राष्ट्रपति बाइडनले तेल अभिभको भ्रमणका क्रममा भन्नुभयो, “म यो आग्रह गर्छु जब तपाईं त्यो क्रोध महसुस गर्नुहुन्छ, यसले तपाइलाई हानि नगरोस् ।

सेप्टेम्बर ९९र११० घटनापछि संयुक्त राज्य अमेरिकामा हामी निकै आक्रोशमा आएका थियौं । जब हामीले न्याय माग्यौं र न्याय पायौं, हामीले गल्ती पनि गर्यौं ।”

उहाँले अक्टोबर ७ मा भएको आक्रमणपछि इजरायललाई दिँदै आएको समर्थन थप सशक्त पार्ने प्रस्ताव गर्दै प्यालेस्टिनी राज्य निर्माण गर्ने लक्ष्यमा आफ्नो प्रतिबद्धता पनि दोहोर्‍याउनु भएको छ ।

बाइडेनले भन्नुभयो, “हामीले जतिसुकै कठिन काम गरे पनि हामीले शान्तिको बाटो पछ्याउनुपर्छ, ताकि इजरायल र प्यालेस्टिनी जनता दुवै सुरक्षित, सम्मान र शान्तिका साथ बाँच्न सकून् ।”

“मेरो लागि यसको अर्थ दुई राष्ट्र बीचको समाधान हो,” इजरायलको ऐक्यबद्धता भ्रमणको समापन गर्दै उहाँले भन्नुभयो । रासस