• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम ★   लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ ★   सामाजिक सञ्जालका आज भाइरल दुई तस्बिर ★   कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज ★   जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै ★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा

महानगरपालिकाभित्रका तीन सडकखण्ड एकतर्फी सञ्चालन



काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका तीन सडक खण्ड आजदेखि एकतर्फी सञ्चालन गर्ने निर्णय गरिएको छ ।

कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र सालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौँ प्लाजा) पुग्ने सडक एकतर्फी सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार त्रिपुरेश्वरतर्फबाट काठमाडौँ–ललितपुर जोड्ने नयाँ पुल (विश्व निकेतन) हुँदै गुसिङगाल निस्किने सडक एकतर्फी बनाइएको छ । “त्रिपुरेश्वरतिरबाट प्रवेश गर्न पाइए पनि ललितपुरतर्फबाट त्रिपुरेश्वरतिर आउँदा नयाँ पुल कटेर बायाँतर्फ मोडिएर आउनुपर्ने छ”, भट्टले भन्नुभयो, “त्रिपुरेश्वरबाट ललितपुरतिर जाँदा मिलन टोल, नयाँ पुल हुँदै जानुपर्ने छ ।”

प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन र पुतली सडकबाट काठमाडौँ प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौँ प्लाजाबाट बायाँ मोडिएर महेन्द्र सालिकतर्फ जान पाइने छैन ।

सडक एकतर्फी बनाइएको जानकारी दिनका लागि सडक क्षेत्रमा ट्राफिक प्रहरी र महानगरपालिकाका प्रहरी टोली खटाइएको प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताउनुभयो । रासस