१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीका मुख्यमन्त्री केदारलाई दुई तिहाइ बढी मत



अ+ अ-

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत पाउनु भएको छ ।

९३ सदस्यीय रहेको प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत पाए प्राप्त गर्नुभयो भने विपक्षमा राप्रपाका ५ जनाले मत खसाले ,एक सांसद अनुपस्थित रहे ।

मुख्यमन्त्री कार्कीलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिएका हुन् ।

उहाँ कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ संविधानको धारा १६८ (५) अनुसार उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।