• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

दक्षिण अफ्रिकालाई हराएपछि नेदरल्यान्ड्सका कप्तानले भने-उत्कृष्ट प्रदर्शन गरेर कुनै पनि टोलीलाई हराउन सकिन्छ



एजेन्सी । नेदरल्यान्ड्सका कप्तान स्कट एडवर्ड्सले दक्षिण अफ्रिकामाथिको ऐतिहासिक जितमा कुनै कमी नभएको र आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गरे विश्वकपमा कुनै पनि टोलीलाई हराउन सक्ने बताएका छन् ।

अर्कोतर्फ, दक्षिण अफ्रिकाका प्रशिक्षक रोब वाल्टरले डेथ ओभरमा कमजोर बलिङ र ब्याटिङमा कमजोर सुरुवातलाई हारको दोष दिएका छन् ।

खेलपछि पत्रकार सम्मेलनमा एडवर्ड्सले भने, ‘हामी प्रत्येक खेलमा रणनीतिका साथ प्रवेश गर्छौं र जितका लागि सक्दो प्रयास गर्छौं । हामी हाम्रो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छौं र त्यसो गरेर हामी कुनै पनि टोलीलाई हराउन सक्छौं ।

उनले थप भने, ‘छनोटपछि के गर्ने भन्ने निर्णय गरेका थियौँ । हामी यहाँ विश्वकपको मजा लिन आएका होइनौँ । हामी यहाँ जित्नका लागि छौं ।

मंगलबार भएको खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई ३८ रनले पराजित गरेको थियो । विश्वकप इतिहासमा टेस्ट खेल्ने राष्ट्रविरुद्ध डच टोलीको यो पहिलो जित हो । वर्षाका कारण यो खेल ४३ ओभरको भएको थियो ।