४ भाद्र २०८३, बिहीबार
,
Latest
अध्यक्ष राईको प्रश्नः कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ? अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका तीनै अङ्ग जिम्मेवार हुनुपर्छः मुख्य सचेतक दुलाल कारबाही अघि बढाउँदा पदाधिकारीहरूलाई दबाबमा राख्नु खेदजनकः अर्जुननरसिंह केसी विधायिकी अभ्यासमा स्थानीय तहलाई मार्गदर्शन गर्नुपर्नेमा जोड बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकालाई हराएपछि नेदरल्यान्ड्सका कप्तानले भने-उत्कृष्ट प्रदर्शन गरेर कुनै पनि टोलीलाई हराउन सकिन्छ



अ+ अ-

एजेन्सी । नेदरल्यान्ड्सका कप्तान स्कट एडवर्ड्सले दक्षिण अफ्रिकामाथिको ऐतिहासिक जितमा कुनै कमी नभएको र आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गरे विश्वकपमा कुनै पनि टोलीलाई हराउन सक्ने बताएका छन् ।

अर्कोतर्फ, दक्षिण अफ्रिकाका प्रशिक्षक रोब वाल्टरले डेथ ओभरमा कमजोर बलिङ र ब्याटिङमा कमजोर सुरुवातलाई हारको दोष दिएका छन् ।

खेलपछि पत्रकार सम्मेलनमा एडवर्ड्सले भने, ‘हामी प्रत्येक खेलमा रणनीतिका साथ प्रवेश गर्छौं र जितका लागि सक्दो प्रयास गर्छौं । हामी हाम्रो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छौं र त्यसो गरेर हामी कुनै पनि टोलीलाई हराउन सक्छौं ।

उनले थप भने, ‘छनोटपछि के गर्ने भन्ने निर्णय गरेका थियौँ । हामी यहाँ विश्वकपको मजा लिन आएका होइनौँ । हामी यहाँ जित्नका लागि छौं ।

मंगलबार भएको खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई ३८ रनले पराजित गरेको थियो । विश्वकप इतिहासमा टेस्ट खेल्ने राष्ट्रविरुद्ध डच टोलीको यो पहिलो जित हो । वर्षाका कारण यो खेल ४३ ओभरको भएको थियो ।