४ भाद्र २०८३, बिहीबार
,
Latest
अध्यक्ष राईको प्रश्नः कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ? अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका तीनै अङ्ग जिम्मेवार हुनुपर्छः मुख्य सचेतक दुलाल कारबाही अघि बढाउँदा पदाधिकारीहरूलाई दबाबमा राख्नु खेदजनकः अर्जुननरसिंह केसी विधायिकी अभ्यासमा स्थानीय तहलाई मार्गदर्शन गर्नुपर्नेमा जोड बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपका १५ खेल सकिँदा रिजवान सर्वाधिक रन स्कोरर, बुमराहको नाममा धेरै विकेट



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ का १५ खेल सम्पन्न भइसकेका छन् । मंगलबार दक्षिण अफ्रिकालाई पराजित गर्दै नेदरल्यान्ड्सले सबैलाई चकित पार्यो । योसँगै नेदरल्याण्ड्स अंक तालिकाको ९ औं स्थानमा रहेको छ भने श्रीलंका १० औं स्थानमा छ । दक्षिण अफ्रिका तेस्रो स्थानमा कायम छ । दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लने मौका गुमायो ।

पाकिस्तानका मोहम्मद रिजवान प्रतियोगितामा अहिलेसम्म सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले यस विश्वकपमा ३ खेलमा सर्वाधिक २४८ रन बनाएका छन् । भारतीय फास्ट बलर जसप्रित बुमराह सर्वाधिक विकेट लिने बलर हुन्, उनको नाममा ३ खेलमा ८ विकेट छ ।

श्रीलंकाका कुसल मेन्डिस सिक्सर किङ हुन्, उनले ३ खेलमा १४ छक्का प्रहार गरेका छन् । नेदरल्यान्ड्सविरुद्धको खेलपछि दक्षिण अफ्रिकाका ब्याट्सम्यान क्विन्टन डी कक र कागिसो रबाडा शीर्ष स्थानको दौडमा फर्किएका छन् ।

अंकतालिकाः