२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईविरुद्ध नेपालले टस जित्यो, पहिला फिल्डिङ गर्ने



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टि–२० आई सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले युएईविरुद्ध टस जितेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् ।

मुलपानी मैदानमा आज पहिलोपटक टि–२० आई सिरिज हुन लागेको हो । योसँगै मुलपानीले टि–२० आई मान्यता पाउने विश्वको १ सय ९० औं क्रिकेट मैदान बनेको छ ।

नेपाल आज युएईलाई हराउँदै त्रिकोणात्मक सिरिजमा सानदार सुरुवात गर्न चाहन्छ । नेपाल र युएईबीच हालसम्म पाँच टि२० आई खेल भएको छ । जसमा नेपाल २ खेलमा विजयी भएको छ भने युएईले तीन खेल जितेको छ ।

नेपालले आजको खेलमा लेग स्पिनर श्याम ढकाललाई डेब्यू दिएको छ । स्पिनर सन्दीप लामिछानेले नखेल्ने भएपछि उनको स्थानमा श्यामलाई मौका दिईएको हो ।

युएईविरुद्ध नेपालको प्लेइङ–११:

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, अभिनाश बोहरा, श्याम ढकाल ।