१३ भाद्र २०८३, शनिबार
,
Latest
बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाका गजेन्द्र राईले जिते लिगलिगे दौड



अ+ अ-

गोरखा । यसपटकको लिगलिगे दौड नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् ।

राईले गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ५ चेपे घाटबाट लिगलिगकोटसम्म १३.८ किमी दौड ५६ मिनेट ३६ सेकेन्डमा पार गरे ।

दौडिएर राजा हुने इतिहासलाई निरन्तरता दिँदै बुधबार ११ औं संस्करणको लिगलिगे दौड भएको थियो ।

सेनाका राई पहिलो भएर एक लाख रुपैयाँ पुरस्कार जितेका छन् । यस्तै, सेनाकै नरेन्द्रसिं रावत दोस्रो भएका छन्। उनले ५६ मिनेट ५३ सेकेन्डमा दौड पूरा गरेका थिए । उनले ५० हजार रुपैयाँ पुरस्कार जिते ।

अनिश थापा ५८ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरी तेस्रो भए । उनले २५ हजार रुपैयाँ पुरस्कार जिते ।