२२ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडद्वारा बर्नली पराजित, आर्सनल बराबरीमा रोकियो



अ+ अ-

म्यान्चेस्टरः म्यासन ग्रीनउडको दुई गोलको मद्दतले म्यान्चेस्टर युनाइटेडले बर्नलीलाई आफ्नै गृह मैदान ओल्ड ट्राफोर्डमा ३–१ गोल अन्तरले पराजित गरेको छ ।

इङलिस प्रिमियर लिगमा यो जितसँगै म्यान्चेस्टरले लिग लिडर म्यान्चेस्टर सिटीसँगको अंक दूरी ८ अंकमा झार्न सफल भएको छ । समान ३२–३२ खेल खेलेका सिटीको ७४ अंक छ भने युनाइटेडको ६६ अंक छ, र ऊ दोस्रो स्थानमा छ ।

निकै प्रतिस्पर्धात्मक यस खेलमा पहिलो गोल ग्रीनउडले ४८ औं मिनेटमा गरेका थिए । तर यसको दुई मिनेटभित्रै बर्नलीका जेम्स तार्कोउस्कीले ५० औं मिनेटमा सुन्दर हेडमार्फत गोल फर्काएका थिए ।

त्यसपछि दुबै तर्फबाट आक्रमण र प्रत्याक्रमण भइरह्यो । ८४औं मिनेटमा ग्रीनउडले डिबक्सभित्रबाट प्रहार गरेको बल बर्नलीका डिफेन्सको खु८४औं मिनेटमा ग्रीनउडले डिबक्सभित्रबाट प्रहार गरेको बल बर्नलीका डिफेन्सको खुट्टामा छुँदै नेटको जाली चुमेको थियो ।

त्यसपछि एडिसन काभानीले इन्जुरी समयको ९३ औं मिनेटमा प्रत्याक्रमणमा गोल गर्न सफल भएका थिए । यो हारपछि बर्नली ३३ अंकका साथ सत्रौं स्थानमा छ ।  

यसैबीच, रेलिगेसन जोनमा रहेको फुलह्यामले आर्सनललाई १–१ को बराबरीमा रोकेको छ । इमिरेट्स स्टेडियम लन्डनमा भएको खेलमा पहिलो गोल फुलह्यामले पेनाल्टीमार्फत गरेको थियो ।

५९ औं मिनेटमा फुलह्यामका लागि जोश माजाले पेनाल्टीमार्फत गोल गरेका थिए । तर इन्जुरी समयको ९७ औं मिनेटमा आर्सनलका लागि एडी एन्केटियाले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै ३२ खेलबाट ४२ अंकका साथ नवौं स्थानमा छ । फुलह्याम भने २७ अंकका साथ अठारौं स्थानमा छ ।  

यस्तै, उल्भ्सले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ । यो हारसँगै शेफिल्ड ३२ खेलबाट १४ अंकका साथ लिगको पुछारमा रहेको छ । AFP