२२ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएल : दिल्ली क्यापिटल्सद्वारा पञ्जाब किङ्स ६ विकेटले पराजित



अ+ अ-

मुम्बईः इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको छ ।

यस खेलका नायक रहे शिखर धवन । उनले दिल्लीका लागि १३ चौका र २ छक्काको मद्दतले ९२ रनको योगदान गरेका थिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान केएल राहुल (६१) र प्रारम्भिक जोडी मयंक अग्रवाल (६९ रन) ले ठोस शुरुआत गरेका थिए ।

पहिलो विकेटका लागि उनीहरुबीच १२२ रनको साझेदारी भएको थियो ।

जितका लागि १९६ रनको लक्ष्य दिल्ली क्यापिटल्सले १० बल बाँकी छँदै १८.२ ओभरमा पूरा गरेको थियो । दिल्लीका लागि शिखर धवनका अलावा पृथ्वी श ले ३२, मार्कस एस्टोइनसले २७, रिषभ पन्तले १५ रनको योगदान गरेका थिए ।

यो जितसँगै दिल्ली क्यापिटल्सको ३ खेलबाट ४ अंक बनाएर दोस्रो स्थानमा छ । पहिलो स्थानमा भने रोयल च्यालेन्जर्स बैंगलोर रहेको छ, र उसको ६ अंक छ । AP

#IPL2021 #Delhi_Capitals #Punjab_Kings