३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश समाजको अध्यक्षमा मल्ल



अ+ अ-

काठमाडौँ । न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित भएकी छन् । मंगलबार सम्पन्न साधारणसभाले समाजको अध्यक्षमा सपना प्रधान मल्ललाई निर्वाचित गरेको हो । समाजको नयाँ कार्यसमितिलाई प्रबन्ध समिति भनिन्छ ।

उपाध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ, महासचिवमा उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर, सचिवमा जिल्ला न्यायाधीश शिशिरराज ढकाल, कोषाध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश बालेन्द्र रुपाखेती रहेका छन् ।

सदस्यमा उच्च अदालतका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालतका न्यायाधीश राजेश्वर तिवारी, उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल र जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्का रहेका छन् । समाजको कार्यसमिति सदस्यको पदावधि दुई वर्षको हुनेछ ।