१३ भाद्र २०८३, शनिबार
,
Latest
बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था सामान्य रहेको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मंगलबार साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको अवस्था सामान्य रहेको जनाएको छ ।

प्रधानमन्त्री दाहाल आज दिउँसो छातीमा केही असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि उक्त अस्पताल जानुभएको थियो ।

हस्पिटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री दाहालको रगत परीक्षण गर्दा ‘कार्डियाक इन्जाइम पोजेटिभ’ देखिएकाले उनको उपचारमा संलग्न चिकित्सकहरूद्वारा ‘एन्जियोग्राफी’ परीक्षण गरिएको र रिपोर्ट सामान्य रहेको छ ।”

प्रधानमन्त्री दाहालको उपाचारमा डा युवराज शर्मा, डा. यादव भट्ट र डा जेपी जयसवाल संलग्न रहेको हस्पिटलले जनाएको छ ।