५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता



अ+ अ-

काठमाडौँ । यसपालीको मनसुनका समयमा देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले दिएको जानकारी अनुसार मनसुन अवधिमा सबैभन्दा बढी पहिरोका घटना भएको छ । प्राधिकरणले आज सिंहदरबारमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उहाँले मनसुनका समयमा पहिरोका चार सय ५९, बाढीका एक सय ४२, भारी वर्षाका एक सय ६८ र चट्याङका एक सय २३ घटना भएको जानकारी दिनुभयो ।

यसपटक १३ दिन ढिला गरी मनसुन यही असोज २८ मा बाहिरिएको थियो भने एक दिन ढिला गरी गत जेठ ३१ मा भित्रिएको थियो । भित्रिँदा पनि नौ दिन ढिला गरी असार ८ गते देशभर फैलिएको थियो । यसवर्ष मनसुन एक सय २४ दिन रहेको थियो । यसपटक मनसुनमा पूर्वानुमान गरेअनुसार नै कम वर्षा भए पनि ठाउँठाउँमा ठूलो क्षति हुनेगरी भारी वर्षासँगै बाढीपहिरो आएको थियो । रासस