• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

महाकाली बगरमा ‘बिच भलिबल’



महेन्द्रनगर । महाकाली नदीको बगरमा पहिलो पटक खुल्ला ‘बिच भलिबल’ प्रतियोगिता आयोजना गरिएको छ । रु एक लाख पुरस्कार राशिको उक्त प्रतियोगिताअन्तर्गत आज बिहानैदेखि विभिन्न खेल सञ्चालन भइरहेका छन् ।

महेन्द्रनगरस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक तथा कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा प्रथम पुरुष खुल्ला तथा भेट्रान बिच भलिबल प्रतियोगिताको सोमबार सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नुभएको थियो । भीमदत्त नगरपालिका–१२ ऐरीस्थित भाइरल रोड छेउमा महाकाली किनारमा पहिलो पटक बिच भलिबल आयोजना गरिएको हो । नेपाली सेनाले सैनिक–नागरिकसम्बन्ध थप सुदृढ बनाउन तथा खेलाडी उत्पादन र खेलकुदको विकास मद्दत पुर्‍याउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा खुल्लातर्फ २३ तथा भेट्रानतर्फ ११ टोली सहभागी रहेको भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले हालसम्म खुल्लातर्फ पाँच र भेट्रानतर्फ तीनवटा खेल भइसकेको बताउनुभयो । “भलिबल खेलको माध्यमबाट शुक्लाफाँटा, झोलङ्गे पुल, भाइरल रोडलगायत पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न लागिएको हो”, उहाँले भन्नुभयो– “आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिन्छौँ ।”

प्रतियोगितामा खुल्लातर्फ प्रथम स्थान हासिल गर्ने टोलीलाई रु एक लाखसहित पुरस्कृत गरिने छ । द्वितीय हुने टोलीलाई रु ५० हजार तथा तृतीयलाई रु २५ हजारसहित पुरस्कृत गरिनेछ । यसैगरी भेट्रान (चालिस वर्षभन्दा माथि) तर्फ पहिलो हुने टोलीले रु २५ हजार, दोस्रोले रु १५ हजार तथा तेस्रो हुने टोलीले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

बिच भलिबल प्रतियोगिता सञ्चालनका लागि भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र दोधारा–चादँनी नगरपालिकाको सहयोग रहेको आयोजकले जनाएको छ । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डासँगै व्यवस्थापनमा रुद्रध्वज गण मझगाउँ ब्यारेक र श्रीदल गुल्म खटिएका छन् । रासस