२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई महिनामा रु दुई खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव एक प्रतिशतले बढेर रू दुई खर्ब २८ अर्ब ३७ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव आठ ८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव सात प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड अमेरिकी डलर पुगेको छ ।

गत भदौ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या २८ दशमलव तीन प्रतिशतले घटेर ७४ हजार चार सय ५५ रहेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या १८ दशमलव तीन प्रतिशतले घटेर ३२ हजार चार कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या ७० दशमलव छ प्रतिशतले बढेको थियो ।