१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दल परिवर्तन गरेपछि मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहको पद रिक्त



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहको पद रिक्त भएको जनाएको छ ।

एमाले पार्टीबाट निर्वाचित साह अन्य दलमा प्रवेश गरेपछि उनको पद स्वत: रिक्त भएको सूचना आयोगले आज प्रकाशन गरेको हो ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित साह अन्य दलमा प्रवेश गरेको भन्दै एमालेले पद खारेजीका लागि आयोगमा निवेदन दिएको थियो । एमालेले दिएको उक्त निवेदनमाथि छानबिन गरी आयोगले नगर प्रमुख साहको पद स्वतस् रिक्त हुने जनाएको हो ।

निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम ९२० बमोजिम साहको पद स्वत: रिक्त भएको जनाएको छ ।