काठमाडौं । सरकारले शहरी क्षेत्रका रात्रिकालीन व्यवसायहरु वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला केही दिन यता कोरोनाभाइरस संक्रमण बढ्दै गएको भन्दै सोमबारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
सो निर्णयअनुसार वैशाख महिनाभर रातिको समयमा सञ्चालन हुने डान्स बार, क्लब, दोहोरी साँझलगायतका व्यवसाय बन्द गर्ने भएको हो ।
एकजना मन्त्रीले दिएको जानकारीअनुसार सीसीएमसी बैठकको सिफारिसअनुसार सरकारले सो निर्णय गरेको हो ।
ती मन्त्रीले धार्मिक स्थलमा समेत २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय आजैको बैठकले गरेको जनाए ।
त्यसैगरी स्वीमिङ पुल, पार्टी प्यालेस, जिमखानाहरु पनि बन्द गर्ने र मेला महोत्सव र भिडभाड गर्न नपाइने र ती स्थलमा कडाइ गर्ने पनि निर्णय गरिएको छ ।











