२२ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा संसदको चालु अधिवेशन आजैदेखि अन्त्यको घोषणा



अ+ अ-

कामठाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभोका चालू अधिवेशन आजैदेखि अन्त्यको घोषणा गर्नुभएको छ । 

आजै बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेपछि राष्ट्रपतिले सोमबार संविधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको घोषणा गर्नुभएको हो ।  

राष्ट्रपति भण्डारीले सभामुख अग्नि प्रसाद सापकोटालाई पठाउनुभएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ वैशाख ६ को सिफारिसमा प्रतिनिधिसभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १ बजेदेखि अन्त्य गरेको छु।’

सर्वाेच्च अदालतको विशेष फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापना भएपछि गत फागुन २३ गतेदेखि प्रतिनिधिसभाको अधिवेशन चालू रहेको थियो ।

सर्वाेच्चको सो फैसलामा नै संसदको बैठक आह्वानको समय सीमा तोएिको थियो । त्यस पछि सरकारले प्रतिनिधि सभाको बैठक बोलाएको हो ।