५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्रीद्वयको एकै स्वरः कोशी विद्रोहको जिम्मा सभापतिले लिनुपर्छ



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कोशी प्रदेशको सत्ता समीकरणमा आएको परिवर्तनको सबै जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताउनु भएको छ ।

आज (सोमबार) धुम्बराहीमा सभापति देउवाले बोलाएको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दैै महामन्त्री शर्माले अर्का महामन्त्री गगनकुमार थापा र आफ्नो एउटै भनाई कोशी प्रदेशको सबै जस अपजस सभापति देउवाले लिनुपर्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो ‘अहिले जो भएको छ । यो घटनामा सभापतिले गम्भीर आत्मसमीक्षा गर्नपर्छ । कोशी प्रदेशबाट नेपाली कांग्रेको केन्द्रीय समितिमा एउटा महामन्त्री पनि छ नि त । कोशी प्रदेशमा डा। नारायण खड्का हुनुहोला, विजय गच्छदार हुनुहोला, अरु नेताहरु पनि हुनुहोला ।’

उनले भने, ‘उहाँहरु कोही पनि निर्णय प्रक्रियामा सामेल हुनुहुन्न । त्यो निर्णय गर्दैगर्दा को–को सामेल हुनुहुन्थ्यो र किन यो प्रकारको दुर्घटना भयो रु भन्ने कुराको सबैभन्दा प्रधान जिम्मेवारी सभापतिले फिल गर्न पर्छ हामीले भन्यौं ।’

उहाँले कसैसँग पनि सभापति देउवाले सल्लाह र सहकार्य नगर्दा पार्टीका आठ जना कोशी प्रदेश सभा सदस्यहरुले विद्रोहमार्फत एमालेको समर्थनमा सरकार बनाएकोबताउनु भयो ।