६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैर आवासीय नेपालीसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ – महासंघ अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र गैर आवासीय नेपालीसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय बागलुङ समाजले सोमबार राजधानीमा आयोजना गरेको बागलुङको विकास र समृद्धिमा विदेशमा रहेका बागलुङेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो धारणा राख्नुभएको हो ।

अध्यक्ष ढकालले गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप र पुँजीलाई स्वदेशमा परिचालन गर्नुपर्ने बताउनुभयो । ‘उद्यमशीलता विकास गर्नका लागि लगानी आवश्यक छ,’ ढकालले भन्नुभयो, ‘विदेशमा रहेका नेपालीसँग सहकार्य गरेर काम गर्न निजी क्षेत्र तयार छ ।’ गैर आवासीय नेपालीहरुले विभिन्न परियोजनामा लगानी गरेको स्मरण गर्दै मुलुकका लागि थप लगानी आवश्यक भएकाले लगानी भित्राउन आग्रह गर्नुभयो ।

नेपालको निजी क्षेत्रको नेतृत्वमा रहेका ढकालले आफ्नो गृह जिल्ला बागलुङको विकासमा आफू पनि सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।

आफू बागलुङ जिल्लाको विकट गाउँमा जन्मिएर अहिलेको अवस्थासम्म आएको बताउँदै बागलुङेहरु विदेशमा गेएर सफलता प्राप्त गरेको बताउनुभयो । ‘विश्वका विभिन्न मुलुकमा गएर बागलुङेहरु स्थापित भएका छन्,’ ढकालले भन्नुभयो, ‘अब गृह जिल्लामा पनि लगानी गर्नु आवश्यक छ ।’