• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

कान्तिपुरका पीडित पत्रकारको पक्षमा महासंघले गर्यो अनिश्चितकालीन आन्दोलनको घोषणा



काठमाडौँ । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपका पीडित पत्रकार तथा कर्मचारीको पक्षमा आन्दोलनको घोषणा गरेको छ ।

महासंघले सोमबार एक वक्तव्य जारी गर्दै श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले कान्तिपुर मिडिया ग्रुपविरुद्ध मंगलबारदेखि आन्दोलन गर्ने घोषणा गरेको हो ।

आन्दोलन स्वरूप महासंघले भोलि दिउँसो ३ देखि ४ बजेसम्म थापाथलीस्थित कान्तिपुरको केन्द्रीय कार्यालयमा धर्ना दिने निर्णय गरेको छ ।

उक्त आन्दोलन श्रमजीवी पत्रकारले उठाएका जायज मागहरू पूरा नभएसम्म जारी रहने महासंघले जनाएको छ । व्यवस्थापन पक्षले निष्कासन गरेका ८२ पत्रकारको पुनर्बहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनलगायत मागहरू अविलम्ब पूरा गर्न कान्तिपुरसमक्ष पटकपटक आग्रह गर्दै आइरहेको महासंघको भनाइ छ ।

साथै, घोषित कार्यक्रममा सक्रिया सहभागिता जनाउन महासंघले उपत्यकास्थित आफ्ना सबै शाखाका पदाधिकारी, सदस्य तथा विभिन्न सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकार, पत्रकारका संघसंगठनका प्रतिनिधिलगायत श्रमजीवीसँग अपील समेत गरेको छ ।