१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकको ओरालो यात्रा जारी



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५१ मा सीमित भएको छ ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३८ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलब ७४ मा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट भएको छ । विभिन्न कम्पनीका ४८ लाख ३७ हजार आठ सय ९३ कित्ता शेयर रु एक अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो बैंकको रु छ करोड २४ लाख ७६ हजार आठ सय ९३ बराबरको कारोबार भयो । हाथवे इन्भेस्टमेन्ट नेपालको रु पाँच करोड २७ लाख दुई हजार सात सय ५९, सिटिजन लाइफ इन्स्योरेन्सको रु तीन करोड ६७ लाख २३ हजार दुई सय ६८, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको रु तीन करोड ५८ लाख २९ हजार पाँच सय ८४ र एनआइसी एशिया बैंकको रु तीन करोड ४३ लाख ३५ हजार छ सय ४१ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सात दशमलव ८७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो सात दशमलव ३१, सुपर मादी हाइड्रोपावर चार दशमलव शुन्य चार, कालीञ्चोक दर्शन लिमिटेड तीन दशमलव ९७ र सनराइज फोकस्ड इक्विटी फण्डका लगानीकर्ताले तीन दशमलव ८५ प्रतिशतले कमाएका छन् ।

यस्तै, सयपत्री हाइड्रोपावर र हाथवे इन्भेस्टको शेयर मूल्यमा १० प्रतिशतले गिरावट हुँदा नकारात्म्क सर्किट लागेको छ । नबिल ब्यालेन्स फण्ड दोस्रो नौ दशमलव ३१, मिड सोलु हाइड्रोपावर नौ दशमव शून्य छ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले आठ दशमलव ७७ प्रतिशतले गुमाएका छन् । रासस