४ आश्विन २०८१, शुक्रबार
,
Latest
उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा बेरुजु फस्र्यौट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? प्रधानमन्त्री ओली दोहामा शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानून कडाईका साथ लागू गरौँ: सांसदहरु पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा भित्रियो दसैँका लागि च्याङ्ग्रा



अ+ अ-

अन्नपूर्ण । चाडपर्व लक्षित भेडाच्याङ्ग्रा पोखरा भित्रिसकेका छन् । अहिले साइपाल हिमालतिरका भेडाच्याङ्ग्रा पोखरा आइसकेका छन् भने मुस्ताङबाट आउने व्यापारीहरु बाटोमै छन् । बझाङ, बाजुराका व्यापारीले भने नवदुर्गाको अघिल्लो दिनदेखि बेच्न सुरु गरिसकेका छन् । अहिले पोखरा महानगरपालिका–१, सिम्पानी, जौबारी क्षेत्रमा करिब दुई हजारको हाराहारीमा भेडा च्याङ्ग्राको व्यापार भइरहेको छ ।

शुक्रबार बझाङबाट भेडाच्याङ्ग्रा पोखरा ल्याउनुभएका व्यापारी राजेन्द्रबहादुर धामीले अरूले भन्दा पहिला ल्याए चाँडो बिक्री हुने बताउनुभयो । “दसैँ लागेसँगै पोखरामा भेडाच्याङ्ग्राको माग बढ्न थाल्छ नबिक्ला भन्ने हुन्न,” व्यापारी धामीले भन्नुभयो, “बरु जति छिटो ल्याउन सक्यो, उति धेरै बिक्री हुने र फाइदा मिल्छ भनेर पहिला नै ल्याएको हुँ ।” एक सय २७ च्याङ्ग्रा लिएर आउनुभएको उहाँले २० वटा बिक्री गरिसकेको सुनाउनुभयो ।

राजेन्द्रबहादुरले रू २५ हजारदेखि रू ४५ हजारसम्ममा च्याङ्ग्रा बेचिरहेको बताउनुभयो । “रोजेर लैजानेहरुसँग रू ४५ हजारसम्म लिने गरेको छु,” उहाँले भन्नुभयो, “घाटा पर्छ कि भन्नेहरुका लागि जिउँदै जोखेर एक किलोको रू आठ सय ८० का दरले हिसाब गरेर बेचेको छु ।”

अर्का व्यापारी सर्पलाल थापाले रोज्जा च्याङ्ग्राको मूल्य बढीमा रू ५७ हजारसम्म पर्ने बताउनुभयो । उहाँले आफूकामा रू ३५ देखि रू ५७ हजारसम्मका च्याङ्ग्रा रहेका जानकारी दिनुभयो । गोठमा खरिद दर नै रू ५३ हजार परेकाले बेच्ने भाउ बढेको उहाँले बताउनुभयो ।

थापाले भन्नुभयो, “एक महिनाअघि देखि जम्मा गर्न पर्‍यो । पालिकालाई तिर्न पर्‍यो । अनि ल्याउँदा ट्रक भाडा लाग्यो हामीलाई पनि अलिअलि फाइदा त हुनै पर्‍यो नि ।” उहाँले ७२ वटा भेडाच्याङ्ग्रा पोखरासम्म ल्याउँदा ट्रक भाडा, ड्राइभरको खाना, खाजा, भत्ता तिर्दा तीन दिन तीन रातको रू एक लाख ५० हजार खर्च भएको बताउनुभयो ।

दसैँका बेला हिमाली भेगबाट झारिने भेडाच्याङ्ग्रा पछिल्लो समय भाउ बढ्न थालेको पोखरा महानगरपालिका–१ सिम्पनीका स्थानीय कृष्णप्रसाद भण्डारीले बताउनुभयो । सुरुमा ल्याउँदा महँगो भने पनि पछि सस्तो हुने उहाँको भनाइ थियो । “पोहोर पनि सुरुमा रू ४०र५० हजार भन्न भ्याएका थिए । पछि रू १८ हजारसम्ममा किनेर लगियो,” उहाँले भन्नुभयो, “यो पालि पनि सुरुमा ५७ हजारसम्म भनेका छन् । साह्रै महँगो छ ।”

दसैँमा धेरैले सिङ्गै घर लगेर काट्छन् भने सिङ्गै लैजान नसक्नेहरु मिलेर काटेर बाँड्छन् । केहीले फ्रेस हाउसबाट किनेर खान्छन् । “दसैँमा च्याङ्ग्राको मासु खानुपर्छ भन्ने मानसिकता बसिसकेको छ,” कृष्णप्रसादले भन्नुभयो, “केहीले एउटा सिङ्गै लिएर जान्छन् । कोहीले मिलेर लैजान्छन् र भाग लागाएर खान्छन् ।” पछिल्लो समयमा भेडाच्याङ्ग्राको भाउ बढेको भए पनि माग उस्तै रहेको उहाँको भनाइ थियो । रासस