२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशको राजनीतिक सङ्कट समाधान भयो: मुख्यमन्त्री कार्की



अ+ अ-

मोरङ: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएसँगै राजनीतिक सङ्कट समाधान भएको बताउनु भएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना सरकार गठनसँगै टरेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा शान्ति, सद्भाव र  समुदायबीच सौहार्द्रपूर्ण वातावरण कायम राख्नु सरकारको प्रमुख प्राथमिकता भएको बताउँदै त्यसका लागि छलफल, संवाद  एवं वार्ताद्वारा समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सबै पक्षसँग सहमति कायम गरेर आफू काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । रासस