• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   जापानी विदेशमन्त्री खामिखावा नेपालमा ★   म्याक्सवेलमाथि भारतीय क्रिकेटरको आरोप – आईपीएल इतिहासमा सबैभन्दा ‘अहंकारी’ खेलाडी ★   घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि… ★   घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’ ★   खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन’ ★   ललितपुरको महालक्ष्मीमा आगलागी, एकै परिवारका ५ जना घाइते ★   सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री ★   सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा ★   सन्दीपको मुद्दा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा, पहिलो नम्बरमै पालो ★   एक सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयमा भारतको असन्तुष्टि

बडादसैँमा पनि मुद्दा सुनुवाइ हुने



काठमाडौँ । सर्वोच्च अदालतले बडादसैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ ।

सर्वोच्च अदालतले आज जारी गरेको सूचनाअनुसार आजैदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहनेछ ।

शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीका रिट निवेदन दर्ता तथा सनुवाइ गर्न अदालत खुला रहनेछ । अदालतले ती दिनमा न्याय सम्पादनका लागि न्यायाधीशहरुको पनि व्यवस्था गरिसकेको छ ।