२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमा तीव्र आलोचनापछि उषा रजकले मागिन् राजेश हमालसँग माफी



अ+ अ-

काठमाडौँ । अभिनेता राजेश हमालबारे आफूले दिएको अभिव्यक्ति विवादित बनेपछि नायिका उषा रजकले माफी मागेकी छन् ।

शनिबार एक टेलिभिजनमा प्रसारित कार्यक्रममा रजकले राजेश हमाललाई ‘ओभर रेटेड’ कलाकारको संज्ञा दिएकी थिइन् । उनले हमालको अभियन र नृत्य कौशलमा प्रश्न उठाउँदै यस्तो अभिव्यक्ति दिएकी थिइन् ।

कार्यक्रमको टिजर सार्वजनिक भएपछि नै रजकको अभिव्यक्तिबारे व्यापक टिप्पणी भइरहेको थियो । कार्यक्रम प्रसारण भएपछि भने उनीबारे तीव्र आलोचना भयो र माफी नै माग्न बाध्य भइन् ।

“हाम्रा वरिष्ठ अभिनेता राजेश हमालजीसँग माफी माग्न चाहन्छु,” उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “मैले गरेका टिप्पणीहरू कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीहरूलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन ।”

पोस्टमा रजकले आफू राजेश हमालको बौद्धिकताबाट प्रेरित भएको समेत उल्लेख गरेकी छिन् । कार्यक्रममा आफूले महानायकको बारेमा, उनका महान कार्य र योगदानको बारेमा धेरै राम्रा कुराहरू पनि भनेको भए पनि ती दृश्य काटिएको उल्लेख गरेकी छन् ।