२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमा तीव्र आलोचनापछि उषा रजकले मागिन् राजेश हमालसँग माफी



अ+ अ-

काठमाडौँ । अभिनेता राजेश हमालबारे आफूले दिएको अभिव्यक्ति विवादित बनेपछि नायिका उषा रजकले माफी मागेकी छन् ।

शनिबार एक टेलिभिजनमा प्रसारित कार्यक्रममा रजकले राजेश हमाललाई ‘ओभर रेटेड’ कलाकारको संज्ञा दिएकी थिइन् । उनले हमालको अभियन र नृत्य कौशलमा प्रश्न उठाउँदै यस्तो अभिव्यक्ति दिएकी थिइन् ।

कार्यक्रमको टिजर सार्वजनिक भएपछि नै रजकको अभिव्यक्तिबारे व्यापक टिप्पणी भइरहेको थियो । कार्यक्रम प्रसारण भएपछि भने उनीबारे तीव्र आलोचना भयो र माफी नै माग्न बाध्य भइन् ।

“हाम्रा वरिष्ठ अभिनेता राजेश हमालजीसँग माफी माग्न चाहन्छु,” उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “मैले गरेका टिप्पणीहरू कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीहरूलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन ।”

पोस्टमा रजकले आफू राजेश हमालको बौद्धिकताबाट प्रेरित भएको समेत उल्लेख गरेकी छिन् । कार्यक्रममा आफूले महानायकको बारेमा, उनका महान कार्य र योगदानको बारेमा धेरै राम्रा कुराहरू पनि भनेको भए पनि ती दृश्य काटिएको उल्लेख गरेकी छन् ।

 




भर्खरै