• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

भारतसँगको हारपछि रिसाए पाकिस्तानी निर्देशक भने– यो आईसीसीको होइन बीसीसीआईको प्रतियोगिता



एजेन्सी । शनिबार अहमदाबादमा सम्पन्न विश्वकप क्रिकेट अन्तर्गत लिग चरणको खेलमा भारतीय टोलीले पाकिस्तानलाई ७ विकेटले पराजित गर्यो । यो खेल जितेर भारतले कीर्तिमानी आठौं पटक पाकिस्तानविरुद्धको विश्वकप खेल जितेको छ । बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानले पहिले ब्याटिङ गर्दै १९१ रन बनाएको थियो ।

जवाफमा भारतले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । भारत–पाक खेलपछि पाकिस्तानी टोलीका निर्देशक मिकी आर्थरले पत्रकार सम्मेलनमा ठूलो बयान दिएका छन् ।

भारत र पाकिस्तानबीचको खेलमा स्टेडियममा गीत बजिरहेको देखेर उनी निकै निराश भएका थिए । उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई निशाना बनाउँदै एउटा वक्तव्य दिएका छन् जुन निकै छिटो भाइरल भइरहेको छ ।

भारतविरुद्ध पाकिस्तानको पराजयपछि पाकिस्तानी टीम निर्देशक मिकी आर्थर धेरै क्रोधित देखिन्थे । उनले भने कि ‘आज राती यो आईसीसीको कार्यक्रम हो जस्तो लागेन, यो बीसीसीआईको कार्यक्रम जस्तै महसुस भयो ।’

यस क्रममा उनले थप भने कि ‘म यसलाई बहानाको रूपमा लिन चाहन्न र मलाई जरिवाना गर्न सकोस् भनेर अरु केहि भन्न चाहन्न ।’ उनको भनाइपछि फ्यानहरुले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया दिइरहेका छन् ।