४ भाद्र २०८३, बिहीबार
,
Latest
अध्यक्ष राईको प्रश्नः कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ? अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका तीनै अङ्ग जिम्मेवार हुनुपर्छः मुख्य सचेतक दुलाल कारबाही अघि बढाउँदा पदाधिकारीहरूलाई दबाबमा राख्नु खेदजनकः अर्जुननरसिंह केसी विधायिकी अभ्यासमा स्थानीय तहलाई मार्गदर्शन गर्नुपर्नेमा जोड बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँगको हारपछि रिसाए पाकिस्तानी निर्देशक भने– यो आईसीसीको होइन बीसीसीआईको प्रतियोगिता



अ+ अ-

एजेन्सी । शनिबार अहमदाबादमा सम्पन्न विश्वकप क्रिकेट अन्तर्गत लिग चरणको खेलमा भारतीय टोलीले पाकिस्तानलाई ७ विकेटले पराजित गर्यो । यो खेल जितेर भारतले कीर्तिमानी आठौं पटक पाकिस्तानविरुद्धको विश्वकप खेल जितेको छ । बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानले पहिले ब्याटिङ गर्दै १९१ रन बनाएको थियो ।

जवाफमा भारतले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । भारत–पाक खेलपछि पाकिस्तानी टोलीका निर्देशक मिकी आर्थरले पत्रकार सम्मेलनमा ठूलो बयान दिएका छन् ।

भारत र पाकिस्तानबीचको खेलमा स्टेडियममा गीत बजिरहेको देखेर उनी निकै निराश भएका थिए । उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई निशाना बनाउँदै एउटा वक्तव्य दिएका छन् जुन निकै छिटो भाइरल भइरहेको छ ।

भारतविरुद्ध पाकिस्तानको पराजयपछि पाकिस्तानी टीम निर्देशक मिकी आर्थर धेरै क्रोधित देखिन्थे । उनले भने कि ‘आज राती यो आईसीसीको कार्यक्रम हो जस्तो लागेन, यो बीसीसीआईको कार्यक्रम जस्तै महसुस भयो ।’

यस क्रममा उनले थप भने कि ‘म यसलाई बहानाको रूपमा लिन चाहन्न र मलाई जरिवाना गर्न सकोस् भनेर अरु केहि भन्न चाहन्न ।’ उनको भनाइपछि फ्यानहरुले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया दिइरहेका छन् ।