• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय ★   वडाध्यक्षलाई विद्यार्थीको प्रश्न: ‘खेल्ने सामग्री कसले दिन्छ ?’ ★   सुर्खेत बस दुर्घटना: दुईजनाको मृत्यु, २१ घाइते ★   सभामुखलाई धनराजको पत्र: रातो पासपोर्ट उत्खनन गर्ने गृहमन्त्रीमाथि कारबाही होस् ★   काँग्रेसलाई अध्यक्ष श्रेष्ठको प्रश्न: प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो ? ★   काँग्रेसले समिति माग गरेको होइन, सरकार माग गरेको हो: प्रमुख सचेतक बर्तौला ★   टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोलीमा आउन सक्नेछन् फ्रेजर म्याकगर्क ★   यामी–आदित्यलाई पुत्रलाभ, के राखे छोराको नाम ? ★   प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ: तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो ★   रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन

जब हार्दिक पाण्ड्याले मन्त्र फुकेर पाकिस्तानी ब्याट्सम्यानलाई आउट पारे !



एजेन्सी । एकदिवसीय विश्वकप २०२३ मा भारत र पाकिस्तानबीच भिडन्त भइरहेको थियो । खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पाकिस्तानका लागि इमाम उल हक र अब्दुल शफिकले उत्कृष्ट सुरुवात गरेका थिए । मोहम्मद सिराजले ८ औं ओभरमा अब्दुल शफिकलाई आउट गर्दै भारतलाई पहिलो सफलता दिलाए ।

यसपछि भारतका स्टार अलराउन्डर हार्दिक पाण्ड्याले पाकिस्तानलाई दोस्रो झट्का दिए । हार्दिकले इमामलाई विकेटकिपर केएल राहुलको हातमा क्याच आउट गराएर पेभिलियनको बाटो देखाए ।

यस क्रममा हार्दिक पाण्ड्याको भिडियो र तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्, जसमा उनी बलिङ गर्नुअघि मन्त्र जप गरिरहेको देखिन्छ । यति मात्र होइन, इमामलाई आउट गरेपछि हार्दिकको ‘बाई–बाई सेलिब्रेसन’ भाइरल भइरहेको छ ।

इमामको आउट भएपछि हार्दिक पाण्ड्याले विशेष तरिकाले सेलिब्रेट गरेको देखियो । इमामको विकेट लिएपछि हार्दिकले उनलाई रोमाञ्चक ढंगमा अलविदा गर्दै पेभिलियनको बाटो देखाए । खेलमा इमामले ३८ बलमा ३६ रन बनाउन सके ।

जानकारीका लागि यो खेल भारतले ७ विकेटले जितेको थियो । पाकिस्तानले दिएको १९२ रनको लक्ष्य भारतले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको थियो ।