४ भाद्र २०८३, बिहीबार
,
Latest
अध्यक्ष राईको प्रश्नः कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ? अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका तीनै अङ्ग जिम्मेवार हुनुपर्छः मुख्य सचेतक दुलाल कारबाही अघि बढाउँदा पदाधिकारीहरूलाई दबाबमा राख्नु खेदजनकः अर्जुननरसिंह केसी विधायिकी अभ्यासमा स्थानीय तहलाई मार्गदर्शन गर्नुपर्नेमा जोड बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब हार्दिक पाण्ड्याले मन्त्र फुकेर पाकिस्तानी ब्याट्सम्यानलाई आउट पारे !



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ मा भारत र पाकिस्तानबीच भिडन्त भइरहेको थियो । खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पाकिस्तानका लागि इमाम उल हक र अब्दुल शफिकले उत्कृष्ट सुरुवात गरेका थिए । मोहम्मद सिराजले ८ औं ओभरमा अब्दुल शफिकलाई आउट गर्दै भारतलाई पहिलो सफलता दिलाए ।

यसपछि भारतका स्टार अलराउन्डर हार्दिक पाण्ड्याले पाकिस्तानलाई दोस्रो झट्का दिए । हार्दिकले इमामलाई विकेटकिपर केएल राहुलको हातमा क्याच आउट गराएर पेभिलियनको बाटो देखाए ।

यस क्रममा हार्दिक पाण्ड्याको भिडियो र तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्, जसमा उनी बलिङ गर्नुअघि मन्त्र जप गरिरहेको देखिन्छ । यति मात्र होइन, इमामलाई आउट गरेपछि हार्दिकको ‘बाई–बाई सेलिब्रेसन’ भाइरल भइरहेको छ ।

इमामको आउट भएपछि हार्दिक पाण्ड्याले विशेष तरिकाले सेलिब्रेट गरेको देखियो । इमामको विकेट लिएपछि हार्दिकले उनलाई रोमाञ्चक ढंगमा अलविदा गर्दै पेभिलियनको बाटो देखाए । खेलमा इमामले ३८ बलमा ३६ रन बनाउन सके ।

जानकारीका लागि यो खेल भारतले ७ विकेटले जितेको थियो । पाकिस्तानले दिएको १९२ रनको लक्ष्य भारतले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको थियो ।