७ पुष २०८२, सोमबार
,
Latest
माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ प्रिमियर कप: दीपेशको ६ विकेटमा नेपाललाई ७८ रनको झिनो लक्ष्य



अ+ अ-

काठमाडौँ । एसिसी यू–१९ प्रिमियर कपमा बहराइनले नेपाललाई ७८ रनको झिनो लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रन बनाएर अल आउट भयो ।

बहराइनलाई ७७ रनमा स्तब्ध पार्न नेपालका स्पिनर दीपेश कँडेलले घातक बलिङ गर्दै ६ विकेट लिए । दीपेशले ९.५ ओभरमा ८ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिए । यस्तै, तीव्र गतिका बलर दुर्गेश गुप्ताले ८ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए ।

बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाए । हाकिमबाहेक बहराइनका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बहराइनका चार खेलाडि शुन्य रनमा आउट भए । नेपालले १७ रन एक्स्ट्रा दिएको थियो ।