२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीका मुख्यमन्त्री कार्कीले आज शपथ लिने



अ+ अ-

नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका नेता केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको प्रत्यक्ष अगुवाईमा तयार भएको कोशी प्रदेशको नयाँ गठबन्धनको सरकारमा नेकपा एमालेबाट पनि एक मन्त्रीले शपथ लिने कार्यक्रम छ ।

यद्यपी कार्की नेतृत्वको सरकारलाई केन्द्रको गठबन्धनका तर्फबाट पनि समर्थन रहेको छ । अर्थात् कार्कीलाई सत्तारुढ गठबन्धनको पनि समर्थन प्राप्त भएको छ जसमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र असन्तुष्ट नेता डा शेखर कोइरालाले एउटा विवादास्पद समझदारीमा हस्ताक्षर गरेका थिए ।

प्रचण्डले चितवनमा पत्रकारहरुसँग कुरा गर्दै कोशी प्रदेशमा “सेफ ल्यान्डिङ” भएको तर सर्वदलीय सरकार बन्ने अवस्था नभएको बताए पनि कोशी प्रदेशमा एमाले सत्तामा जान लागेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम र त्यसले केन्द्रमा पार्ने प्रभाव केही दिनभित्रै देखिने जानकारहरुको भनाई छ । खासगरी डा शेखर कोइरालाले केन्द्रमा गरेको सहमति प्रदेशमा गरिएको सहमतिको विपरीत रहेको धेरैको बुझाई छ ।

कतिपयले पार्टी सभापति देउवाका एकलौटी निर्णयहरुका कारण कांग्रेस फुटको संघारमा पुगेको अनुमान गर्न थालेका छन् । उनीहरु देउवाले माओवादी पार्टीलाई चाहिनेभन्दा बढी महत्व दिएको र सम्पूर्ण राज्यसंयन्त्र तथा सामाजिक सदभाव भड्काउन माओवादी नेतृत्व लागिपरिरहेको अवस्थालाई टुलुटुलु हेरेर बस्न नहुने बताउँछन् ।