२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीले अमेरिकालाई हरायो



अ+ अ-

एजेन्सी । मैत्रीपूर्ण फुटबलमा जर्मनीले अमेरिकालाई पराजित गरेको छ । गएराति भएको खेलमा जर्मनीले अमेरिकालाई उसकै मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

खेलको २७ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा इल्काए गुन्डोवानले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५८ औं मिनेटमा निकलास फुल्कवर्गले र ६१ औं मिनेटमा जमाल मुसियालाले गोल गर्दै जर्मनीलाई ३–१ को जित दिलाए । जुलियन नागेल्स्म्यानले जर्मनीको प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो जित हो ।

युरो २०२६ को आयोजक जर्मनी मैत्रीपूर्ण फुटबल खेल्न अमेरिका गएको हो ।