४ भाद्र २०८३, बिहीबार
,
Latest
अध्यक्ष राईको प्रश्नः कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ? अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका तीनै अङ्ग जिम्मेवार हुनुपर्छः मुख्य सचेतक दुलाल कारबाही अघि बढाउँदा पदाधिकारीहरूलाई दबाबमा राख्नु खेदजनकः अर्जुननरसिंह केसी विधायिकी अभ्यासमा स्थानीय तहलाई मार्गदर्शन गर्नुपर्नेमा जोड बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीले अमेरिकालाई हरायो



अ+ अ-

एजेन्सी । मैत्रीपूर्ण फुटबलमा जर्मनीले अमेरिकालाई पराजित गरेको छ । गएराति भएको खेलमा जर्मनीले अमेरिकालाई उसकै मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

खेलको २७ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा इल्काए गुन्डोवानले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५८ औं मिनेटमा निकलास फुल्कवर्गले र ६१ औं मिनेटमा जमाल मुसियालाले गोल गर्दै जर्मनीलाई ३–१ को जित दिलाए । जुलियन नागेल्स्म्यानले जर्मनीको प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो जित हो ।

युरो २०२६ को आयोजक जर्मनी मैत्रीपूर्ण फुटबल खेल्न अमेरिका गएको हो ।