१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

कोशी प्रदेश प्रकरण कुर्सीको निर्लज्ज तमासा: बाबुराम भट्टराई

कोशी प्रदेश प्रकरण कुर्सीको निर्लज्ज तमासा: बाबुराम भट्टराई
अ अ+ अ-

काठमाडौं: वरिष्ट बामपन्थी नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोशी प्रदेश सरकार बन्ने र भत्कने कार्यले दलहरुभित्रको कुर्सीको निर्लज्ज तमासा रहेको र यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउन भूमिका निर्वाह गरिरहेको टिप्पणी गर्नु भएको छ ।

कोशी प्रदेशमा नेपाली कांग्रेसको एउटा खेमाको नेतृत्व तथा नेकपा एमालेको समर्थनमा नयाँ सरकार गठन हुने भएपछि डा भट्टराईले सामाजिक सञ्जालमा यस्तो लेख्नु भएको हो ।

उहाँले दलहरुको यस्तो प्रवृत्ति घोषित व्यवस्था विरोधीहरुको भूमिका भन्दा बढी भएको बताउनु भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेलाई पनि उछिनेर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले गरेको हर्कतले लाज पनि लजाउनु पर्ने स्थिति बनेको भन्दै तिखो टिप्पणी गर्नु भएको छ ।

उहाँले अब संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा निम्ति यिनीहरूसंग वेलावखत सहकार्य गर्न खोज्नु गोरू दुहुनु जस्तै मूर्खतापूर्ण प्रयास भएको र हुनेवारे कुनै शंका रहेन भनी निराशा व्यक्त गर्नु भएको छ ।

नेता डा भट्टराईको टिप्पणी यस्तो छ:

कोशी प्रदेशमा गत दश महिनामा प्रमुख पुराना दलहरूले गरेको निर्लज्ज कुर्सीको तमासाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउन जति भूमिका खेलेको छ त्यति यो घोषित व्यवस्थाविरोधीहरूको भूमिकाले पनि खेलेको छैन।

त्यसमा पनि कांग्रेस र एमालेलाई समेत उछिनेर प्रचण्ड माओवादीले गरेको हर्कतले लाज पनि लजाउनुपर्ने स्थिति बनेको छ।

अब संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षानिम्ति यिनीहरूसंग वेलावखत सहकार्य गर्न खोज्नु गोरू दुहुनु जस्तै मूर्खतापूर्ण प्रयास भएको र हुनेवारे कुनै शंका रहेन!

अत: विगतका उदारवादी र आदर्शवादी कमजोरी हटाउॅदै दृढतापूर्वक अग्रगामी वैकल्पिक शक्ति निर्माणमा लाग्नु देश र जनताकालागि अपरिहार्य आवस्यकता बनेको सबैले स्वीकारौं!

चुनावदेखि चुनाव र सत्तादेखि सत्तासम्मको फोहरी खेल खेलेर कुनै समाजवाद र अझै झन् साम्यवाद त आउॅदै आउदैन भन्ने सबैले वेलैमा बुझून्!