४ भाद्र २०८३, बिहीबार
,
Latest
राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : पाकिस्तानको मध्यम सुरुवात, दुबै ओपनिङ जोडी आउट



अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत अहमदाबादमा जारी भारत र पाकिस्तान बीचको खेलमा पहिले ब्याटिङ गरिरहेको पाकिस्तानले मध्यम सुरुवात गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले प्रारम्भिक दुबै ब्याट्सम्यानलाई गुमाइसकेको छ । २४ ओभरको खेलमा पाकिस्तानले दुई विकेटको क्षतिमा १२३ रन बनाएको छ ।

एक लाख भन्दा बढी दर्शकले खचाखच भरिएको नरेन्द्र मोदी रंगशालामा पाकिस्तान दबाबमा रहेको छ ।

पाकिस्तानका ओपनिङ जोडी अब्दुल्लाह शफिक २० र इमाम उल हकले ३६ रन बनाएर आउट भएका छन् । शफिक मोहम्मद सिराजको बलमा आउट भएका थिए भने इमाम हार्दिक पान्ड्याको बलमा क्याचआउट भएका थिए ।

अहिले क्रिजमा पाकिस्तानका कप्तान बाबर आजम ३४ रन र मोहम्मद रिजवान ३२ रन बनाएर खेलिरहेका छन् । उनीहरुबीच ५० रनको साझेदारी भइसकेको छ ।

पाकिस्तान टिम
अब्दुल्लाह शफिक, इमाम उल हक, कप्तान बाबर आजम, मोहम्मद रिजवान, शाउद शकील, इफ्तिखार अहमद, शादाब खान, मोहम्मद नबाज, हसन अलि, शहीन शाह अफ्रिदी, ह्यारिस रौफ

भारतीय टिम
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयर ऐर, केएल राहुल, हार्दिक पान्ड्या, रबिन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराज