१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

कमजोर कबुलियतनामा

कमजोर कबुलियतनामा
अ अ+ अ-

काठमाडौँ । कति काम लाग्छ राजनीतिमा कबुलियतनामा ? यो प्रश्नमा दम किन छ भने यो कुनै झगडियाले अब झगडा गर्ने छैन र गरेँ भनेँ सशरीर उपस्थित हुँला र तोके लागेको कारबाही भोगौँला भनेर अर्को पक्ष अर्थात् पीडित पक्षसँग गरेको कबुलियतनामा होइन । त्यसमा त यस्तो कबुलियतनामा काम लाग्छ, लाग्दैन थाहा छैन भने राष्ट्रिय राजनीतिमा प्रवेश गरेको यस्तो एजेण्डमा झन् के काम लाग्ला ?

यो पनि पढ्नुहोस- सत्तामा शंका: दाहाल, देउवा र कोइराला बीच लिखित कबुलियतनामा

कबुलियतनामा कसरी गरिन्छ ? नेपाली कागज, दुवै पक्षको हस्ताक्षर, सही छाप अनि छड्के किनाराका साक्षी । नत्र यस्तो बोलकबोलको कुनै अर्थ रहँदैन । यो कागज त बोल मात्र हो कबोल होइन । एक हिसाबको चिर्कट हो, जसलाई जसले जुनबेला पनि जलाइदिन सक्छ ।

यस्तै देखिएको छ कोशी सरकारको गठनका विषयमा शनिबार गरिएको तीन नेताको हस्ताक्षरको कबुलियतनामा । यस्तो कबुलियतनामाको भौतिक स्वरुप पनि अत्यन्तै कमजोर छ ।

अहिलेको सत्ता गठबन्धनलाई कुनै पनि हालतमा फुट्न दिइने छैन र निरन्तरता दिइने छ भनेर गरिएको यो कबुलियतनामा एउटा हास्यास्पद कागज र लिखतमा छ । हातले लेखिएको, साथमा कागजै नभएजस्तो मैलो कागजमा र त्यो पनि चिर्कटमा । टाइप त परैजाओस ।

हतार मात्र होइन हतास देखिन्छ कबुलियतनामाको भौतिक स्वरुप । लाग्छ, तस्बिर आफै बोल्न खोजेको देखिन्छ गठबन्धन कायम रहन्छ कि रहँदैन भनेर । तीन नेता माओवादी नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र काँग्रेसकै अर्का वरिष्ठ नेता शेखर कोइरालाको उपस्थितिकै उपहास गरेको छ त्यो कागजले । यदि त्यो कागज सही हो र मुलुकका प्रधानमन्त्रीले नै सही गरेका हुन् भने उनको यो भन्दा कमजोर धरातल अन्यत्र कतै भेटिँदैन ।

मुलुकका प्रधानमन्त्रीसँग एक पन्ना कागज थिएन होला त ? यो उनको हस्ताक्षरले हतार भन्दा पनि बढी हतास देखएको छ । जसको टिप्पणी जसले जुन हिसाबले गरे पनि मिल्न जान्छ ।

फेरि अर्को हास्यास्पद कुरा त यो छ कि काँग्रेस नेता देउवाले आफ्नै दलका अर्का नेता शेखर कोइरालासँग कबुलियतनामा गर्नु परेको छ । के टिक्ला त यो कबुलियतनामा ?अनि के यतिका लामो समयदेखि गृहकार्य गरेर एमालेसँग जोडिइसकेको शेखर समूहले आजै चिर्कट लेखेर म सत्ता गठबन्धन तोड्न लाग्दिन भने भनेर पत्याउन सकिएला ? त्यही कमजोर तर्कका आधारमा बनेकाले नै यो कबुलियतनामा पनि त्यत्तिकै कमजोर देखिन्छ । लाग्छ, वर्तमान सत्ता गठबन्धन यही कबुलियतनामा जस्तै कमजोर भैसकेको छ ।

कोशीको भंगालोमा प्रधानमन्त्री प्रचण्डको कुर्सी फसिसकेको छ । कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकारले अब संघीय सरकारको पनि यही धारा नमाग्ला भन्न सकिन्न । साविकको एक नम्बरबाट पसेको शेखर समूहले राजधानीसम्मै आउने बाटो भित्रभित्रै पक्कै खनेकै होलान् ।

कोशीमा प्रमुख विपक्षी दलसँग मिलेर, आफ्नो पार्टीका पनि आफ्ना पक्षीय सदस्यहरुको मात्र सहयोगमा काँग्रेस पार्टीका केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सफल भएका कोइराला अबका दिनमा झन् बलियो हुने निश्चित छ । त्यसैले आफैले कमजोर कागजमा लेखेर अरु दुई नेतालाई हस्ताक्षर गराएको पनि स्पष्टै छ ।