• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु ★   वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह ★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप ★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत

भारतीय प्रधानमन्त्री मोदीको कुटी,नापी र कुञ्जी भ्रमण सार्वभौमसत्ता र भौगोलिक अखण्डता माथि ठाडो अतिक्रमण: झलनाथ खनाल



file photo

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुजा आजाको नाममा नेपाल माथी ठाडो अतिक्रमण गरेको जनाउनु भएको छ ।

सनिबार एक प्रेश बिज्ञप्ति जारी गर्दै नेता खनालले मोदीको अप्रत्यासित कुटी क्षेत्रको भ्रमण नेपाली भूभागका बिरुद्ध अर्को ठाडो अतिक्रमण भएको जनाउनु भएको छ ।

उहाँले भन्नुभएको छ -त्यसबाट नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको उल्लंघन भएको छ र यो अन्र्तराष्ट्रिय कानुन र मर्यादाको समेत विरुद्ध छ । समस्त देशभक्त नेपाली जनता यस्ता अतिक्रमण र हस्तक्षेपको कडा विरोध गर्दछौं र हाम्रो सिमानाको रक्षाको निम्ति अनन्त सम्म पनि संघर्ष गरिरहने सङ्कल्प गर्दछौ ।

बिज्ञप्तिको पूर्णपाठ

यहि असोज २५ गते विहिबार हाम्रो मातृभूमि नेपालको सुदूरपश्चिम दार्चुला जिल्लाको व्यास गाउँपालिका १ कुटी गाउँको जोलिङकाङ हेलिब्याडमा भारतका वर्तमान प्रधानमन्त्री श्री नरेन्द्र मोदी र भारतकै उत्तराखण्ड राज्यका मुख्यमन्त्री श्री पुष्कर सिंह धामी सशस्त्र फौज र सुरक्षाका साथ उत्रिए । त्यतिमात्र होइन उनीहरुले कुटी गाउँ स्थित पार्वती कुण्डमा पुजा आजा समेत गरे । यो आफैंमा एउटा अर्को आश्चर्यजनक घटनाका रुपमा देखा परेको छ ।
कुटी,नापी र कुञ्जी जस्ता स्थानहरू लगायत महाकाली नदीको एकमात्र शिर लिम्पियाधुरा सम्मको भूभाग ऐतिहासिक एकीकरण देखि नै नेपालका अभिन्न भूभाग हुन् भन्ने कुरा इतिहाससिद्ध, तथ्यसिद्ध र तर्कसिद्ध छ । तर भारतका शासकहरु ती नेपालका प्रिय भूभाग माथि एक पछि अर्को अतिक्रमण गर्दै आइरहेका छन् र जबर्जस्त कब्जा गर्ने दुर्नियतले चलिरहेका छन । त्यसैको पछिल्लो कडी हो प्रधानमन्त्री नरेन्द्र मोदीको पुजा आजाको नाममा गरिएको ठाडो अतिक्रमण ।

के भारतीय प्रधानमन्त्रीको कुटी भ्रमण नेपाल सरकारलाई थाहा थियो ? के नेपाल सरकारसँग स्वीकृति लिएर त्यत्रो सशस्त्र शक्तिका साथ भारतीय प्रधानमन्त्री आएका हुन?त्यस्तो होइन भने नेपालले राष्ट्रिय सहमतिका साथ “चुच्चे नक्सा” पास गरेको होइन ? यो नक्सा बमोजिमको नेपाली भूमिको रक्षा गर्ने जिम्मा नेपाल सरकारको होइन ? आज गठबन्धन सरकार के हेरेर बसिरहेको छ ? संसद भित्र त्यत्रो आवाज उठ्दा समेत किन आज यस बारेमा कुनै दलले एक शब्दहरु निकालिरहेको छैनन ! हाम्रो पार्टी वर्तमान गठबंधन सरकारबाट यी प्रश्नहरूको जवाफ चाहन्छ ।

सम्पूर्ण देशभक्त जन समुदायहरु ! नेपाली जनता र भारतीय जनता सदियौं देखिका मित्र जनता हौँ । हाम्रा बीच गहिरो बहुआयामिक सम्बन्ध रहिआएको छ । तर भारतका वर्तमान शासकहरू नेपाली भूमिको सिमानामा बार–बार अतिक्रमण गर्दै आएका छन । अहिले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अप्रत्यासित कुटी क्षेत्रको भ्रमण नेपाली भूभागका बिरुद्ध अर्को ठाडो अतिक्रमण हो । त्यसबाट नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको उल्लंघन भएको छ र यो अन्र्तराष्ट्रिय कानुन र मर्यादाको समेत विरुद्ध छ । समस्त देशभक्त नेपाली जनता यस्ता अतिक्रमण र हस्तक्षेपको कडा विरोध गर्दछौं र हाम्रो सिमानाको रक्षाको निम्ति अनन्त सम्म पनि संघर्ष गरिरहने सङ्कल्प गर्दछौ ।

यस्तो अवस्थामा भारतीय प्रधानमन्त्रीको भ्रमणको अर्थ के हो ? यसको वास्तविकता के हो ? नेपाल सरकार त्यस बारेमा जानकार छ कि छैन ? त्यस प्रकारका अतिक्रमणका विरुद्ध नेपाल सरकारको दृष्टिकोण के हो ? हाम्रो परराष्ट्र मन्त्रालय यस बारेमा के भन्छ ? यी सम्पूर्ण कुराको यथार्थ जनसमक्ष ल्याउन हाम्रो पार्टी वर्तमान गठबन्धन सरकारसँग जोडदार माग गर्दछ ।