१४ पुष २०८१, आईतवार
,
Latest
सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष जयसवाललगायत हजारौं एमालेमा प्रवेश श्रीलंकाको लागि नेपाली राजदुतमा पूर्णबहादुर नेपाली सर्वसम्मत अनुमोदित नेप्से परिसूचक २१ अङ्कले घट्यो पेस्तोलसहित एक युवक पक्राउ सदर चिडियाखाना राति पनि सञ्चालन गरौँँ, महानगर लगानी गर्न तयार छः चिरिबाबु महर्जन सोवारिग्पा शिक्षालाई व्यवस्थित गर्न जोड नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ निलम्बित दक्षिण कोरियाली राष्ट्रपति तेस्रो पटक पनि अनुसन्धानमा प्रक्रियामा अनुपस्थित जल, जमिन र आकाश लक्षित महोत्सवले गुलजार पोखरा सङ्घीयता कार्यान्वयनसँगै फेरिएको भोजपुरको मुहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘म र स्वर्णीमलाई हराउन बन्न लागेको महागठबन्धनले कोशीमा सार्थकता पाएछ’



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतनत्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी प्रदेशमा एमालेको सहगोगमा कांग्रेसले मुख्यमन्त्री पाएपछि महागठबनधनले सार्थकता पाएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘गत उपनिर्वाचनमा मलाई र डा स्वर्णिम वाग्लेलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको ‘महागठवन्धनुले आज कोशीमा सार्थकता पाएछ। राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्।’

यस्तै, लामिछानेले आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठवन्धन गर्न र चुनाव चिन्ह पनि एउटै राख्न सुझाएका छन् ।

उनले अगाडी लेखेका छन् – ‘ढिला नगरी ‘महागठबन्धनवादी मोर्चा’को घोषणा सभा बारेपनि सुन्न पाइयोस् । उदेश्य एउटै, कार्यशैली एउटै,चरित्र एउटै, गन्तव्य एउटै भएपछि, सटर चाहिँ किन बेग्लाबेग्लै ??’