१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश: बिहान ८ बजे देखी हस्ताक्षर सनाखत



अ+ अ-

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीको दाबी गर्दै दुवै पक्षले ४७ सांसदको हस्ताक्षर लिएर गएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले सनाखतका लागि सांसदहरुलाई शनिबारको समय तोक्नु भएको छ ।

प्रदेश प्रमुख खापुङले शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्मका लागि प्रदेशसभाका दुवैतिर हस्ताक्षर गर्ने सबै सांसदलाई सनाखतका लागि बोलाउनु भएको छ ।

कोशी प्रदेशमा शुक्रबार ५ बजेसम्मका लागि मुख्यमन्त्रीको दाबी पेस गर्न समय दिइएको मा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र काँग्रेस केदार कार्कीले ४७ /४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गर्नुभएको छ उक्त दाबीमा कांग्रेसका ८ सांसदको हस्ताक्षर दुवैतिर उल्लेख छ ।

काग्रेसका कार्की सहित अन्यले आङ्बोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै दाबी पेश गर्ने समयमा सबै जना प्रदेश प्रमुख समक्ष उपस्थित भएका थिए ।