काठमाडौं । सत्तारुढ नेकपा एमालेले पार्टी अनुशासन उल्लंघनको आरोपमा माधव नेपाल पक्षका २७ जना प्रतिनिधिसभा सांसदसहित २७ जनालाई स्पष्टीकरण सोध्ने भएको छ ।
पार्टीले आजै उहाँहरूलाई स्पष्टीकरण पत्र पठाइने बताइएको छ । माधव पक्षका सांसदहरुले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर सरकारको पक्षमा मतदान गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली माधव समूहप्रति आक्रोशित बन्नुभएको छ । जसअनुरुप अबको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआए नेताहरुलाई पार्टीबाट निष्कासनसम्म हुन सक्ने बताइएको छ ।
कर्णालीको घटनामा केन्द्रकै नेताहरू समेत जिम्मेवार रहेको भन्दै उहाँरूलाई ‘अन्तिम स्पष्टीकरण’ सोध्न लागिएको हो ।
माधव नेपाल पक्षका ३५ संघीय संसदमध्ये २७ जनालाई स्पष्टीकरण पत्र पठाउन लागिएको छ ।
माधव नेपालसहित चार प्रमुख नेताहरूलाई यसअघि नै ६ महिने निलम्बनमा छन् ।











