२२ असार २०८३, सोमबार
,
Latest
सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी ‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’ २४ घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो घट्दै सर्पदंशको उपचार लिने बिरामी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पक्षका २७ संघीय सांसदसहित ३२ जनालाई स्पष्टीकरण पत्र पठाउँदै एमाले



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपा एमालेले पार्टी अनुशासन उल्लंघनको आरोपमा माधव नेपाल पक्षका २७ जना प्रतिनिधिसभा सांसदसहित २७ जनालाई स्पष्टीकरण सोध्ने भएको छ । 

पार्टीले आजै उहाँहरूलाई स्पष्टीकरण पत्र पठाइने बताइएको छ । माधव पक्षका सांसदहरुले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर सरकारको पक्षमा मतदान गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली माधव समूहप्रति आक्रोशित बन्नुभएको छ । जसअनुरुप अबको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआए नेताहरुलाई पार्टीबाट निष्कासनसम्म हुन सक्ने बताइएको छ । 

कर्णालीको घटनामा केन्द्रकै नेताहरू समेत जिम्मेवार रहेको भन्दै उहाँरूलाई ‘अन्तिम स्पष्टीकरण’ सोध्न लागिएको हो ।

माधव नेपाल पक्षका ३५ संघीय संसदमध्ये २७ जनालाई स्पष्टीकरण पत्र पठाउन लागिएको छ । 

माधव नेपालसहित चार प्रमुख नेताहरूलाई यसअघि नै ६ महिने निलम्बनमा छन् ।