१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

कैलालीको गेटामा स्वास्थ्य बिज्ञान बिश्वबिद्धालय चाडै सञ्चालनमा आउँछ: पूर्वमन्त्री आले

कैलालीको गेटामा स्वास्थ्य बिज्ञान बिश्वबिद्धालय चाडै सञ्चालनमा आउँछ: पूर्वमन्त्री आले
अ अ+ अ-

कैलाली (अत्तरिया) असोज २६ नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको गेटामा रहेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय चाडै सञ्चालनमा आउने बताउनु भएको छ ।

नेकपा (एकीकृत समाजवादी) ले मेची महाकाली जागरण अभियान अन्तर्गत आज कैलालीको अत्तरियामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री आलेले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक स्वीकृत भएकाले अब चाडै सञ्चालनमा आउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विश्वविद्यालय सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीज्यूसँग हामीले पटक पटक छलफल गरेका थियौँ, ऐन ल्याउँदा विश्वविद्यालय बनाउने गरी ल्याउन दबाब पनि दिएका थियौँ, सहमति बमोजिम नै सरकारले विधेयक दर्ता गर्ने स्वीकृति दिएको छ, अब संसद्बाट कानुन बनेपछि विश्वविद्यालय जतिसक्दो चाडो सञ्चालनमा आउने छ ।”

यसैगरी उहाँले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा आफुहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री प्रकाशसरण महतसँग गएको जेठ २९ गते भेटघाट गरी ऐन ल्याउँदा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने गरी ल्याउने तयारीसहितको सहमति भएको दावी गर्नुभयो । उक्त भेटघाट पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री प्रकाशसरण महातले गेटामा विश्वविद्यालय सञ्चालन हुन्छ भन्ने विषयमा प्रतिनिधी सभा र राष्ट्रिय सभामा जानकारी समेत दिनु भएको पूर्वमन्त्री आलेको भनाई थियो ।

विगत लामो समयदेखिको मागको सम्बोधन गर्दै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० यसै हप्ताको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको सांसद तथा पूर्वमन्त्री आलेले जानकारी दिनुभयो । डोटीबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलेले धनगढी–खुटिया–दीपायल–बझाङको उरैभञ्ज्याङ हुँदै चीनको ताक्लाकोट जोड्ने सडक, लगायत यहाँका बैकल्पिक राजमार्ग निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरी चीनसँगको नाका अविलम्ब खोलीनु पर्ने धारणा राख्नुभयो ।

यसैगरी पूर्वमन्त्री आलेले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीले संघीय सांसदमा तीन सिट प्रतक्षमा जितेको तथा प्रदेशमा बुहमतका साथ बिजयी हासिल गरेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “एकाध जना चोइटिएर समाजवादी पार्टीबाट अलग भए भन्दैमा हाम्रो पार्टी सकियो भन्न मिल्दैन, सुदूरपश्चिममा हाम्रो सानदार जित भएको छ, यहाँका जनताले चाहे अनुसारको विकासका लागि हामी सधै अग्रसर हुनै पर्छ ।”