१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीको गेटामा स्वास्थ्य बिज्ञान बिश्वबिद्धालय चाडै सञ्चालनमा आउँछ: पूर्वमन्त्री आले



अ+ अ-

कैलाली (अत्तरिया) असोज २६ नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको गेटामा रहेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय चाडै सञ्चालनमा आउने बताउनु भएको छ ।

नेकपा (एकीकृत समाजवादी) ले मेची महाकाली जागरण अभियान अन्तर्गत आज कैलालीको अत्तरियामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री आलेले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक स्वीकृत भएकाले अब चाडै सञ्चालनमा आउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विश्वविद्यालय सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीज्यूसँग हामीले पटक पटक छलफल गरेका थियौँ, ऐन ल्याउँदा विश्वविद्यालय बनाउने गरी ल्याउन दबाब पनि दिएका थियौँ, सहमति बमोजिम नै सरकारले विधेयक दर्ता गर्ने स्वीकृति दिएको छ, अब संसद्बाट कानुन बनेपछि विश्वविद्यालय जतिसक्दो चाडो सञ्चालनमा आउने छ ।”

यसैगरी उहाँले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा आफुहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री प्रकाशसरण महतसँग गएको जेठ २९ गते भेटघाट गरी ऐन ल्याउँदा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने गरी ल्याउने तयारीसहितको सहमति भएको दावी गर्नुभयो । उक्त भेटघाट पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री प्रकाशसरण महातले गेटामा विश्वविद्यालय सञ्चालन हुन्छ भन्ने विषयमा प्रतिनिधी सभा र राष्ट्रिय सभामा जानकारी समेत दिनु भएको पूर्वमन्त्री आलेको भनाई थियो ।

विगत लामो समयदेखिको मागको सम्बोधन गर्दै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० यसै हप्ताको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको सांसद तथा पूर्वमन्त्री आलेले जानकारी दिनुभयो । डोटीबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलेले धनगढी–खुटिया–दीपायल–बझाङको उरैभञ्ज्याङ हुँदै चीनको ताक्लाकोट जोड्ने सडक, लगायत यहाँका बैकल्पिक राजमार्ग निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरी चीनसँगको नाका अविलम्ब खोलीनु पर्ने धारणा राख्नुभयो ।

यसैगरी पूर्वमन्त्री आलेले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीले संघीय सांसदमा तीन सिट प्रतक्षमा जितेको तथा प्रदेशमा बुहमतका साथ बिजयी हासिल गरेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “एकाध जना चोइटिएर समाजवादी पार्टीबाट अलग भए भन्दैमा हाम्रो पार्टी सकियो भन्न मिल्दैन, सुदूरपश्चिममा हाम्रो सानदार जित भएको छ, यहाँका जनताले चाहे अनुसारको विकासका लागि हामी सधै अग्रसर हुनै पर्छ ।”